इङ्ल्याण्डको महिला टीमले बनायो टी(२० मा कीर्तिमान

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार ७ गते २०७५ मा प्रकाशित


एजेन्सी-क्रिकेटमा एकपछि अर्को किर्तिमानी बनेको छ । इग्ल्याण्ड पुरुष टिमले एक दिवसीय खेलमा सर्वाधिक रनको किर्तिमानी बनाउँदा इग्ल्याण्डकै महिला टोलीले भने टी-२० मा सर्वाधिक रनको रेकर्ड बनाएको छ ।

इङ्ल्याण्डको टाउनटन क्रिकेट मैदानमा बुधबार इङ्ल्याण्डले दक्षिण अफ्रिकाविरूद्ध २० ओभरमा २५० रन बनायो । जुन रन क्रिकेट इतिहासमा सर्वाधिक हो । चार घण्टा अघिमात्रै यो रेकर्ड भने न्युजिल्याण्डको नाममा थियो । न्यूजिल्याण्डले दक्षिण अफ्रिका विरूद्धनै २० ओभरमा २१६ रन बनाउँदै अष्ट्रेलियाको नाममा नयाँ किर्तिमानी बनाएको थियो । त्यसको ४ घन्टापछि इङ्ल्याण्डले न्यूजिल्याण्डको रेकर्ड पनि तोडेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २५० रन बनाएको थियो। उसका लागि तामी बियोमोन्टले सर्वाधिक ११६ रन बनाइन्। ५२ बल खेलेकी उनले १८ चौका र ४ छक्का प्रहार गरेकी थिइन्।ओपनर डेलियन वाट र तामीले पहिलो विकेटका लागि मात्र ७९ बलमा १४७ रनको साझेदारी गरेका थिए। डेनियलले ५६ रन बनाएकी थिइन्। २५१ रनको लक्ष्य लिएर मैदानमा आएकी अफ्रिकी टिम निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रनमा समेटियो।