अष्ट्रेलिया र डेनमार्क बराबरीमा रोकिदा फ्रान्स अन्तिम १६ मा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार ८ गते २०७५ मा प्रकाशित


goal by mbappe

एजेन्सी-विश्वकप अन्तर्गत डेनमार्क र अष्ट्रेलियाले एक एक गोलको बरारबी खेल्दै अंक बाड्दा फ्रान्सले भने स्पष्ट जित निकाल्दै अन्तिम १६ प्रवेश गरेको छ ।

सातौं मिनेटमा डेनमार्कले क्रिष्टियन एरिकसनले गोल गर्दै दिलाएको अग्रतालाई अष्टे«लियाले ३८ औं मिनेटमा पाएको पेनाल्टीसँगै बराबरी गोल फर्काए । माईल जेडिनाकले पेनाल्टीमा गोल गर्दै अष्ट्रेलियालाई बराबरी गोल फर्काएपछि अंक बाड्दै अर्को चरण प्रवेशको लागि सम्भावनालाई जिवितै राखेको छ ।

फ्रान्सले भने पेरुलाई १-० गोलले पराजित गर्दै अन्तिम १६ प्रवेश गरेको छ । अंक तालिकामा ६ अंकसहित अन्तिम १६ मा पुर्याउने दायित्व भने सबैभन्दा कम उमेरका खेलाडी किलियन एमबाप्पेले गोल गर्दै दिलाए । उनले ओरिभर्ड जिराउडले हानेको बल डिफेन्सबाट रिफ्लेक्ट भई गोलकिपर विट भएको अवस्थामा खाली पोष्टमा गोल गर्दै यो विश्वकपमा सबैभन्दा कम उमेरमै गोल गर्ने कान्छो खेलाडी बने ।