क्रोएसियासँग अर्जेन्टिना स्तब्ध

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार ८ गते २०७५ मा प्रकाशित


एजेन्सी-फुटबल टिममेट गेम हो । एक्लो खेलाडीले खेलमा प्रभावकारीता देखाउन सक्छ । तर प्रभाव देखाउन खेलाडी विपक्षीले चल्नै नसक्ने गरी रोकिदिए औचित्यहीन हुन्छ । त्यस्तै भएको छ अर्जेन्टिनालाई ।

विश्वकपमा निकै मुश्किलले छनोट हुदैं क्वाईलिफाईड भएको अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना क्षीण हुदैं गएको छ । अब अन्तिम खेल बाँकी छ । खातामा एक अंक मात्रै छ । अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका लिओनेल मेस्सीलाई फेरी सन्यास फिर्ता गराई टोलीको लागि मैदानमा उतारियो । मैदानमा उनको उपस्थितिले विश्वकप छनोटचरण पार गर्दै रसिया आईपुगेको थियो । तर रसियामा उनको लय देखिन सकेन् ।

क्रोएसिय विरुद्धको बिहीबार राती महत्वपूर्ण खेलमा अर्जेन्टिनाा ३–० गोलले पराजित हुन पुग्यो । यो जितले अर्जेन्टिनाका समर्थक निराश बनेका छन् । पहिलो हाफ बराबरीमा रोकियो । तर दोस्रो हाफमा क्रोएसियाले एकपछि अर्को मुभ बनाएपछि गोल निस्कियो । पहिलो गोल ५३ औं मिनेटमा एन्टे रिबेचले गोल गर्दै क्रोएसियलाई अग्रता दिलाए ।

८० औं मिनेटमा दोस्रो गोल गर्दै क्रोएसियाले दोब्बर अग्रता लियो । लुका मोड्रिचले गोल गर्दै अर्जेन्टिनालाई स्तब्ध बनाए । उनले मार्सेलो ब्रोजोभिचले पास दिएका थिए । त्यसैगरी क्रोएसियाले ९० प्लस १ मिनेटमा अर्को गोल थपेपछि अर्जेन्टिनाको आश भने समाप्त हुन पुग्यो । इभान राकिटिचले अर्को गोल थपे । उनलाई माटेओ कोभासिचले गोलको अवसर मिलाईदिएका थिए । अर्जेन्टिनाले अब नाईजेरियासँग खेल्ने छ ।

आईसल्याण्डसँग पहिलो खेल बराबरी खेलेपछि अंक बाडेपछि तनावमा रह्यो । आईसल्याण्ड र नाईजेरियाको खेलले अर्जेन्टिनाको भविष्य जोडिएको छ । ती दुई बीचको खेल बराबरीमा रहेको अवस्थामा अर्जेन्टिनाले अन्तिम १६ प्रवेशको लागि नाईजेरियालाई पराजित गर्नै पर्ने हुन्छ । उता क्रोएसियाले भने आईसल्याण्डलाई हराउनै पर्छ । अर्जेन्टिना र आईसल्याण्डले जित निकालेको अवस्थामा गोल अन्तरमा छिनोफानो हुने सम्भावना देखिन्छ ।