नाईजेरियाले जित्दा अर्जेन्टिनालाई राहत, स्वीटजरल्याण्ड सर्वियाविरुद्ध जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार ९ गते २०७५ मा प्रकाशित


एजेन्सी-नाईजेरियाले आईसल्याण्डमाथि २-० गोलले पराजित गरेको खुशी नाईजेरिया भन्दा बढी अर्जेन्टिना बनेको छ । नाईजेरियालाई आईसल्याण्डले पराजित गरेको अवस्थामा अर्जेन्टिना रसिया विश्वकपबाट पहिलो चरणको अन्तिम खेल खेल्न नपाउँदै बाहिरिन्थ्यो । तर नाईजेरियाले जित निकालेपछि त्यसको खुशी अर्जेन्टिनाले बाड्यो ।

आईसल्याण्डसँग बराबरी गरेको अर्जेन्टिनाले पहिलो चरणको अन्तिम खेल नाईजेरियासँग खेल्ने छ । नाईजेरियालाई पराजित गरेको अवस्थामा चार अंकसहित नकाउट चरणमा प्रवेश पाउने सम्भावना प्रवल हुन्छ । उता आईसल्याण्डलाई भने क्रोएसियाले पराजित गर्नै पर्ने हुन्छ । यदि आईसल्याण्डले क्रोएसियलाई पराजित गरेको अवस्थामा भने अर्जेन्टिनाको यात्रा रोकिने छ ।

नाईजेरियाले आईसल्याण्डलाई पराजित गर्ने क्रममा मुसाले महत्वपूर्ण खेले । उनले दोस्रो हाफ लगत्तै गोल गर्दै अग्रता दिलाए । अर्को निर्णायक गोल भने ७५ औं मिनेटमा गरेका थिए । जितसँगै नकाउट चरणको यात्रालाई सम्भावित बनाईराखेको छ ।

यसैगरी रसिया विश्वकपमा सर्वियाविरुद्ध जित निकालेपछि स्वीटजरल्याण्ड अघिल्लो चरणको यात्रा सहज भएको छ ।समूह ईको शनिबार बिहान सम्पन्न खेलमा स्विजरल्याण्डले सर्वियालाई २–१ ले हरायो । स्विजरल्याण्डको जितमा शाकरीको गोल निर्णायक भयो । शाकरीले ९० मिनेटमा गोल गरेर टिमलाई जित दिलाए । कलिनिङगार्ड मैदानमा अग्रता भने सर्वियाले लिएको थियो । खेलको पाँचौं मिनेटमा नै अलेक्सान्दर मित्रोभिकले गोल गर्दै सर्वियालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको स्विजरल्याण्डले दोस्रो हाफमा दुई गोल गर्न सफल भयो ।

५२ औं मिनेटमा जाकाले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याए । सर्वियाका डिफेन्डरबाट रिबाउन्ड आएको बललाई जाकाले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए । खेलको अन्तिम समयमा ९० औं मिनेटमा जेर्दन शाकिरीले वन भर्सेस वानको स्थितिमा निर्णायक गोल गरेर स्विजरल्याण्डलाई जिताए ।