कास्कीमा नयाँ खेलकुद संघको रुपमा ‘टग अफ वार’ गठन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार १५ गते २०७५ मा प्रकाशित


पोखरा (खेलाडी न्युज)-कास्की जिल्ला खेलकुद बिकास समिती कास्कीमा रस्सा कस्सी सम्बन्धी खेल ‘टग अफ वार’ को जिल्ला संघ गठन भएको छ । कास्की जिल्लामा ८३ औं संघको रुपमा दर्ता भएको कास्की जिल्ला टग अफ वारको जिल्ला अध्यक्षमा शंकर गौतम चयन भएका छन ।

सेवा निवृत गौतम कास्कीका पूर्व जिल्ला शिक्षा अधिकारी समेत हुन् । त्यसै गरि संघको उपाध्यक्षमा योगेन्द्र बस्नेत र लिलकाजी गुरुङ रहेका छन । उपाध्यक्ष बस्नेत पनि शिक्षा क्षेत्रबाटै निर्देशक पदबाट सेवा निवृत नै हुन । संघको सचिबमा निर्मल खत्री र कोषाध्यक्षमा प्रसाद गुरुङ रहेका छन ।

त्यसै गरि संघको नवगठित सदस्य पदमा विनोदराज पौडेल, अन्जु क्षेत्री, राजु कुमार थापा, कौशिल्या गुरुङ र नारायण शाही ठकुरी रहेका छन । ठकुरी नेपाल खेलकुद पत्रकार मंचका समेत कार्यसमिती सदस्यहुन । नवगठित कार्यसमितीका अध्यक्ष गौतमले शारीरिक र मानसिक रुपले खेलिने यो खेलले पक्कै पनि कास्कीमा गति लिने बताए । यो खेल हाम्रो परम्परासंग जोडिएकोले पनि यूवा पुस्ताले यो खेल सिक्न र खेल्न आवश्यक रहेको उनले बताए ।

कास्कीको ८३ औ र कान्छो संघको रुपमा गठन भएको खेलले पक्कै पनि कास्कीमा छिट्टै बिकास हुने कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङले बताए । कास्कीमा नाम मात्रका झोले संघ धेरै भए पनि यो संघले आफ्नो उद्देश्य अनुरुप कार्य गर्न सफल हुने अध्यक्ष गुरुङले बताए ।