हिमालयन गल्फकोर्ष मन्थली मेडल गुरुङलाई

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार १७ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-हिमालयन गल्फ कोर्ष पोखरामा शनिबार सम्पन्न मन्थली मेडल गल्फ प्रतियोगिताको पुरस्कार स्टेबल फोर्ड तर्फ तीन अण्डर खेलेका हेमन्त गुरुङले जितेका छन् । उनले तीन अण्डर ३९ खेल्दै मन्थली मेडलको पुरस्कार थाप्दा दोस्रो स्थान भने मेजर विजय मोक्तान उक्लिए । उनले काउण्ट ब्याकमा क्या.मिनजंग गुरुङलाई पराजित गरेका थिए । दुवैले दुई ओभर ३४ खेलेका थिए । यद्यपी काउण्ट व्याकमा गुरुङ स्ट्रोकले पछि पर्दै तेस्रो स्थानमा चिक्त बुझाए ।

ग्रस तर्फको पुरस्कार भने क्या. महेन्द्र फगामीले जित्न सफल भए । उनले पार ७० को कोर्षमा नौ ओभर ७९ को स्कोर बनाए । त्यस्तै इस्पेक्टर जीवराम गुरुङले १४ ओभर खेल्दै दोस्रो स्थानमा चिक्त बुझाए । मेजर लच्छिम गुरुङले भने १५ ओभर खेल्दै तेस्रो स्थानमा चिक्त बुझाए । उनले ८५ स्कोर खेल्दै तेस्रो स्थानमा आफुलाई चिक्त बुझाउन बाध्य भए ।

प्रतियोगितामा २१ जना गल्फरको सहभागिता रहेको हिमालयन गल्फ कोर्षका व्यवस्थापक एवं कास्की जिल्ला गल्फ संघका सल्लाहकार भुवन गुरुङले बताए । विजेता खेलाडीहरुलाई कास्की जिल्ला गल्फ संघका अध्यक्ष मेजर लच्छिम गुरुङले ट्रफी प्रदान गरेका थिए ।

गल्फ संघले प्रदेश सरकारले केही दिन अघि मात्रै अन्तराष्ट्रिय क्रिकेट रंगशाला र गल्फ कोर्ष बनाउन विभिन्न जिल्ला भ्रमण गरी अध्ययन गरेको थियो । अध्ययनको लागि गल्फरहरुको समेत उपस्थिति थियो । संघका सल्लाहकार भुवन गुरुङले पोखराका विभिन्न ठाँउ एवं नवलपुरमा गल्फकोर्ष बनाउन उपयुक्त जग्गा निरिक्षण गरी फर्किएको बताए ।

उनले गल्फ कोर्ष भन्दा पनि गल्फ स्कुल स्थापना गर्र्नुपर्ने जोडसहित प्रतिवेदन पेश गरेका थिए । यदपी त्यो अध्ययन प्रतिवेनलाई भने प्रदेश सरकारले निष्कर्ष निकालिसकेको छैन् । गल्फ कोर्ष र क्रिकेट रंगशााला निर्माणको लागि आवश्यक अध्ययन प्रतिवेदन बनाउन प्रदेश सरकारले १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।