इनिष्टाले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार १८ गते २०७५ मा प्रकाशित


एजेन्सी-आयोजक रसियाँसित पेनाल्टी सुटआउटमा पराजित भएसँगै स्पेनका मिडफिल्डर आन्द्रेस इनिष्टाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । निर्धारित र थपिएको समयमा समेत एक एक गोलको बराबरीसँगै पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित भएपछि स्पेनिस फुटबलका लिजेण्ड इनिष्टाले ् ।

३४ वर्षीय इनिष्टाले बार्सिलोनाबाट यसअघि नै सन्यास लिइसकेका छन् । त्यसपछि उनले राष्ट्रिय टिमबाट अन्तिम पटक विश्वकप खेलेका थिए । तर स्पेनको यात्रा प्रिक्वाटर भन्दा अगाडि बढ्न सकेन । २०१० मा विश्वकप उचाल्दा भने उनी टोलीका महत्वपूर्ण सदस्य थिए । इनिस्टाले स्पेनको जर्सीमा १ सय ३१ खेलमा १३ गोल गरेका छन् ।

इनिस्टाले सन् २००६ मा स्पेनको राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । बार्सिलोना एफसीमा २२ वर्ष बिताएका इनिस्टा गएको मे मा मात्रै जापानी क्लब भिस्सेल कोबेमा अनुबन्ध भएका थिए । उनले बार्सिलोनालाई विभिन्न ३२ वटा उपाधि दिलाएका छन् । १२ वर्षको उमेरमा नै बार्सिलोनामा आवद्ध भएका इनिस्टाले सिनियर टिमबाट ६ सय ७४ खेल खेलेका छन् । सन् २०१० को विश्वकपको फाइनलमा अतिरिक्त समयमा नेदरल्याण्ड्सविरुद्ध गोल गर्दै इनिस्टाले नै स्पेनलाई उपाधि दिलाएका थिए । उनी सम्मिलित स्पेनिस टोलीले विश्वकप पछि २०१२ को युरोकप समेत उचालेको थियो ।