गोपीलाई मन्थ्ली टेनिसको दोस्रो पटक उपाधि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार ३१ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-गोपीबहादुर भट्टराइले नेप्लीज इन्काउण्टर पोखरा ओपन भेट्रान टेनिस प्रतियोगिताको उपाधी जितेका छन् । कास्की जिल्ला टेनिसको मासिक कार्यक्रम तथा नेप्लीज इन्काउण्टरद्वारा आयोजित प्रतियोगिताको आइतबार पोखरा रंगशालामा भएको फाइनल खेलमा विकास गुरुङ्गलाई पराजित गदै भट्टराईले सो उपाधीमा आफ्नों नाम लेखाएका हुन् ।

पहिलो सेटमा ६–३ ले पराजित भएका विकासले दोश्रो सेटमा भट्टराईलाई ६–३ कै जवाफ फर्काएका थिए । तर सुपरटाईमा अग्रता कायम गरेको खेल समेत जोगाउन नसक्दा गुरुङ्गले उपविजेतामै चित्त बुझाउन प¥र्यो । मन्थ्ली टेनिसमा भट्टराईको यो दोश्रो उपाधी हो । यसअघि पहिलो संस्करणको प्याराडाइज कपमा उनी विजेता तथा तेश्रो संस्करणको मेसुका कपमा उनी उप–विजेता बनेको थिए ।

विजेता खेलाडीहरुलाई प्रतियोगिताको मुख्य प्रायोजक नेप्लीज इन्काउण्टरका प्रोपाइटर नारायण पहारी, कास्की जिल्ला टेनिस संघका अध्यक्ष विनोद कायस्थ लगायतले नगद सहित ट्रफि पुरस्कार प्रदान गरेका थिए । संघ कास्कीका सचिव लोक गुरुङ्गले कार्यक्रम सञ्चालन गरेका थिए ।

साग खेलकुद अन्तर्गत पोखरा रंगशालामा टेनिस कोर्टसहितको अन्य पुर्वाधार बनाउन आवश्यक तयारी शुरु गरिएको छ । राष्ट्रिय खेलकुद परिषदले साढे दुई करोडको लागतमा क्ले कोर्ट, हार्ड कोर्ट, चेन्जिङ रुम, शौचालय, प्यारापिट तथा फिडब्याक रुम निर्माण गर्ने लक्ष्य राखिएको छ । टेण्डर प्रक्रिया टुंगिएको छ । काठमाडौंको एक कम्पनीले निर्माणको जिम्मेवारी पाईसकेको छ ।