अमरसिंह र सैनिक आवासिय एन्फा कपको फाईनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार ३१ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-कास्की जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित एन्फा कप फुटबल प्रतियोगिता अन्तर्गत आईतबार भएको प्रतिस्पर्धामा छात्र तर्फ अमरसिंह माबी र सैनिक आवासिय माबी फाइनलमा प्रवेश गरेका छन । पोखरा रंगशाला फुटबल मैदानमा भएको सेमीफाइनलमा अमरसिंहले टप्स माबीलाई २–१ ले र सैनिकले पेनाल्टी सुटआउटमा शिशु कल्याणलाई ४–३ गोलले पराजित गर्दै फाइनलमा भेट पक्का गरेका हुन ।

अमरसिंहलाई फाइनलमा पु¥याउन मनोज नेपालीले एक्लैले दुइ गोल गरेका थिए भने टप्सका लागि देब गुरुङले एक गोल फर्काए । यता सैनिक र शिशु कल्याणका बीचको खेल निर्धारित समयमा गोल हुन नसक्दा टाइब्रेकरमा पुगेको थियो । तर खेलको नतिजा भने सडेन डेथमा पुगेर सम्भव भयो ।

यसैगरि छात्रा तर्फ तारा कुञ्ज माबी र चिल्डे«न एकेडेमी फाइनलमा प्रवेश गरेका छन । ताराकुञ्जले अमरसिंह माबीलाई १–० गोलले पराजित गरेको थियो । तारा कुञ्जका लागि बेल माया गुरुङले निर्णायक गोल गरिन । यता चिल्डे«न एकेडमीले विन्ध्यवासिनी मावीलाई १–० गोलले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो । अर्पिता गुरुङको एक मात्र गोलले चिल्डे«न एकेडेमीलाइ फाइनलको यात्रा तय गरायो ।

कास्की फुटबल संघका उपाध्यक्ष विश्व तण्डुकारका अनुसार दुबै तर्फका फाइनल खेल सोमबार दिउसो हुनेछन । प्रतियोगितामा छात्र तर्फ ३७ र छात्रा तर्फ १३ टिमको सहभागिता रहेको थियो । विजेतालाई नगदसहित ट्रफी, पदक तथा प्रमाणपत्र पाउने छन् ।
तस्बिर उमेश पुन ।