भदौ अन्तिमसाता खड्गी फुटसल प्रतियोगिता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण २ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-भदौको अन्तिम साता पोखराको टुटिसल फुटसल एरिनामा खड्गी फुटसल प्रतियोगिता हुने भएको छ । नेपाल खड्गी सेवा युवा समाज पोखराको आयोजनामा भदौ २२ र २३ गते दुईदिन फुटसल प्रतियोगिता हुने छ ।

प्रतियोगितामा पोखरा र काठमाडौंका २५ टिमको सहभागिता रहने विश्वास आयोजकले लिएका छन् । नकाउटको आधारमा खेलाईने प्रतियोगिता संयोजक नेपाल खड्गी सेवा युवा समाजका अध्यक्ष राजु खड्गीले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताको आन्तरिक तयारी शुरु गरिएको छ । प्रतियोगितामा विजेता टिमलाई नगदसहित ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरिने छ ।