आजदेखि २४ औं आदर्श कप

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र २० गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-आजदेखि पोखरा महानगरपालिका भण्डारढीकमा २४ औं सस्करणको क्लबस्तरीय नकाउट फुटबल प्रतियोगिता शुरु हुदै छ । तीजकै मेसोमा लेखनाथमा आयोजित २४ औं आदर्श कप नकाउट फुटबल प्रतियोगितामा आयोजक आदर्श क्लबले छिमेकी तनहुँ फुटबल संघलाई आतिथ्यता गराउँदै छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले प्रतियोगिताको उदघाटन गर्ने छन् ।

आयोजक आदर्शक क्लबले छिमेकी तनहुँ फुटबल संघको चुनौतिलाई बुधबार सामने गर्ने अन्तिम तयारी गरेको छ । आयोजकले पनि सुखद शुरुवात गर्दै २४ औं संस्करणलाई घरेलु मैदानमा घरेलु दर्शकको समर्थनलाई अत्मसात गर्दै सुखद नजिता आत्मसात गर्न आतुर छ । त्यसो त छिमेकी तनहुँ फुटबल संघले पनि पहिलो आतिथ्यतलाई स्मरणीय बनाउने अभियानलाई सार्थक बनाउने प्रयासम जुटिरहेको छ ।

आयोजक आदर्श क्लबले मनाङ र नेपाल पुलिस क्लबका खेलाडीलाई टोलीमा समाहित गरेको छ । खेलाडी भने लेखनाथकै हुन् । सात वर्षपछि हुन लागेको प्रतियोगितामा नेपाल पुलिसका डिफेन्स अजित भण्डारी घरेलु मैदानमा सातवर्षपछि नै आयोजकको जर्सीमा उत्रिने छन् । उनीसँगै विसन गुरुङ, विमल राना र सुवास तामाङ तथा भारतीय सेनाबाट विदा लिएर फुटलब खेल्ने आएका मनिष तामाङलाई टोलीमा समावेश गरिएको छ । दोस्रो खेल पोखरा ११ ले स्याङजा फुटबल संघसँग प्रतिस्पर्धा गर्ने छ । तेस्रो खेल शसस्त्र प्रहरी बलले विग्रेड व्वाईज क्लबसँग खेल्ने छ भने चौथो खेल बाग्लुङ फुटबल संघले जावलाखेल युथ कलबसँग प्रतिस्पर्धा गर्ने छ ।

२४ औं सस्करणलाई अम्बे सिमेन्ट प्रालिले मुख्य प्रायोजन गरिदिएको छ । उत्पादनको तयारी गरेको रिद्धिसिद्धी सिमेन्ट २४ औं आदर्श कप नकाउट फुटबल प्रतियोगिता गरिने क्लबका अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीले बताए । आठदिने प्रतियोगितामा आठ टोलीले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । आयोजक आदर्श क्लब, कास्की ११, बाग्लुङ फुटबल संघ, स्याङजा फुटबल संघ, तनहँु फुटबल संघसँगै शसस्त्र प्रहरी बलको एपीएफ क्लब, ब्रिगेड व्वाईज क्लब र जावलाखेल युथ क्लब बीच प्रतिस्पर्धा हुने छ । तीन लाख नगद पुरस्कार राशीको उपाधि विजेताले जित्ने छ । उपविजेताको हकमा भने नगद दुईलाख रुपैयाँ पर्ने छ ।

उत्कृष्ठ खेलाडीले नगद २५ हजार पाउने छन् । उच्च गोलकर्ता, उत्कृष्ठ प्लेमेकर, डिफेन्स, गोलरक्षकले नगद १० हजार रुपैयाा पाउने छन् । प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित खेलाडीलाई नगद ५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने क्लबका अध्यक्ष भण्डारीले जानकारी दिए । प्रतियोगितलाई मुख्य प्रायोजन अम्बे सिमेन्ट प्रालि, प्रायोजनमा स्थानीय श्रृंगा यातायात व्यवसायी संघ, सह प्रायोजन गोर्खा ब्रुअरी(टुबोर्ग), उप प्रायोजनमा जस्मिन पेन्ट्स प्रालिले गरेका छन् । प्रथम पुरस्कारको प्रायोजन भने बज्र प्लास्ट इण्डष्ट्रिज प्रालिले गरेको छ । दोस्रो पुरस्कार राशी भने कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले बोलेका छन् । उत्कृष्ठ खेलाडी पुरस्कार प्रायोजन मनकामना प्लाई बोर्ड प्रालिले गरेको छ भने म्यान अफ दि म्याच खेलाडीको प्रायोजन भने त्रिमूर्ति ह्याचरी एण्ड बि एण्ड एस कन्स्ट्रक्सनका प्रोपाईटर सागर गुरुङले गरेका छन् ।