सोमबार पोखरामा क्लबस्तरीय महिला तथा पुरुष पावर लिफ्टिङ प्रतियोगिता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज ९ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-आगामी सोमबार पोखरामा क्लबस्तरीय पावर लिफ्टिङ प्रतियोगिता हुदैं छ । स्पोर्टस क्यासल पोखराको आयोजनामा सोमबार प्रथम ‘क्लबस्तरीय पुरुष तथा महिला पावर लिफ्टीङ्ग प्रतियोगिता–२०७६’ हुने छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा छ ।

स्पोटर््स क्यासल प्रा.लि कास्कीले “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारा सहित आगामी १३ गते सोमबार आयोजना गर्ने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । प्रतियोगिता संयोजक तथा स्पोर्टस क्यासलका युवा सञ्चालक अनमोल पालिखेले आगामी (असोज ) १३ गते क्यासलमै उक्त प्रतियोगिता सम्पन्न गर्न गैहरेको जानकारी दिए ।

उनले पुरुष तर्फ ५ र महिला तर्फ २ तौल समुह गरी ७ तौल समुहमा खेलाडीको प्रतिस्पर्धा गराईने छ । उनका अुनसार पुरुष तर्फ ६१ केजी मुनि, ६१–७३, ७३–८९, ८९–१०२, १०२–१०९ र महिला तर्फ ६४ केजी मुनी र माथीका खेलाडी बिच प्रतिस्पर्धा हुनेछ । उनले े प्रतियोगिताबाट ओभरअल च्याम्पियन बन्ने पुरुष तथा महिला खेलाडीलाई जनही २० हजार, ट्रफी, प्रमाणपत्र तथा आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।

संयोजक पालिखेले पुरुष तथा महिला तर्फ प्रत्येक तौल समुहमा प्रथम हुनेले नगद ५ हजार रुपैया, ट्रफी, मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछ भने द्धित्तीय र तृतीय हुने खेलाडीले क्रमश मेडल, प्रमाणपत्र सहित ३ हजार र २ हजार हात पार्ने छन् । उक्त प्रतियोगितामा पोखरा बाहिरक क्लबबाट करिब ५० बढि खेलाडीको सहभागिता रहने उनले दावी गरेका छन् ।

त्यस्तै क्यासलका अर्का सञ्चालक तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी ईश्वर गुरुङ (चन्द्र) ले खेलकुद क्षेत्रको प्रबद्र्धन गर्ने लक्ष्य सहित प्रतियोगिता आयोजना गरेको बताए । उनले स्थानीय तहबाट नै खेलाडीहरु उत्पादन तथा प्रोत्साहन गरी राष्ट्रिय, अन्र्तराष्ट्रिय स्तरसम्मको प्रतियोगिताहरुमा खेलाडिहरुलाई समावेश गरी राष्ट्रको पहिचान जगाउने उद्देश्य रहेको बताए ।

उनले आफ्नो क्यासलको पहिलो कार्यक्रममको रुपमा पावर लिफ्टीङ्ग प्रतियोगिता आयोजना गर्न गैरहेको बताउदै खेलाडीहरुको हौसलाका लािग आगामी दिनमा ब्यायामसँग सम्बन्धित प्रतियोगिताको अयोजना गर्ने समेत जानकारी दिएका थिए । अन्र्तराष्ट्रिय स्तरको फुटसल, व्यायामशाला, साउना एण्ड स्टीम, पावर लिफ्टीङ्ग, प्रशस्त पार्किङको सुबिधा रहेको उक्त क्यासलमा ८ युवाको संयुक्त लगानी रहेको छ । गतवर्ष नै पोखराको रानीपौवामा रहेको स्पोर्टस सेन्टरले पावर लिफ्टिङ प्रतियोगिता आयोजना गरेको थियो ।