फुटबल मैदानको नियमित अनुगमन र निरिक्षण

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २९ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युुज)-१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको मिति अब केबल डेढ महिनामात्रै बाँकी छ । डेढमहिनापछि पोखरामा सागका ९ खेल आयोजना हुने छन् । आयोजनाको लागि गण्डकी प्रदेश सरकारका मन्त्री तथा प्रदेश सदस्यको अनुगमन र निरिक्षण भने व्यापक हुदैं गएको छ ।

सागकै लागि विभिन्न समिति तथा उपसमिति समेत गठन गरिएको छ । गठित समिति अन्तर्गत स्थानीय ब्यवस्थापन तथा सहजीकरण समितिका संयोजक एवं साामाजिक विकास मन्त्री नरदेवी पुनसहितको टोली पोखरा रंगशालाको निर्माणाधिन फुटबल मैदानको अवलोकन गरी बस्तुस्थिति बारे जानकारी लिईन् । उनीसँगै गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति एवं अनुगमन तथा मुल्याङकंन समितिका संयोजक दीपक कोइराला समेत उपस्थित थिए ।
पोखरामा हुने खेलहरुमा महिला फुटबलको लागि मैदान निर्माणलाई अझ प्रभावकारी बनाइएको छ ।

नियमित रुपमा अनुगमनले काम छिटो हुने अपेक्षा र विश्वास छ । कार्तिक १५ भित्रमा मैदानको निर्माण सक्नुपर्ने जिम्मेवारी र दायित्व राष्ट्रिय खेलकुद परिषदले सम्बन्धीत कम्पनीलाई निर्देशन गरिसकेको छ । ‘पुर्वाधारले साग खेलकुदलाई कुनैपनि प्रभावित हुने अवस्था सृजना हुनु हुदैन् ।’ मन्त्री पुनले भनिन–‘समयमै निर्माण पुरा हुनेमा ढुक्क र विश्वास हामीले लिएका छौं ।’

मन्त्री पुनले फुटबल मैदानसँगै क्रिकेट मैदान, आर्चरी र बहुद्दउेश्यीय कभर्ड हलको निरिक्षण गरिन् । महिला क्रिकेट प्रतियोगिता पोखरामा ल्याउने विषयमा समेत कुराकानी भईरहेको छ । महिला क्रिकेट हुनु अघि नै फ्रेन्चाईज क्रिकेट पोखरा प्रिमियर लिग(पिपिएल) क्रिकेट प्रतियोगिता शुरु हुने छ । त्यसको लागि क्रिकेट मैदान र पीच निर्मार्ण कार्य अघि बढाइएको छ । क्वीन्स इभेण्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको लागि मैदान तयारी गरिदैं छ ।
अनुगमन तथा मुल्याङकंन समितिका संयोजक एवं प्रदेश सदस्य दीपक कोइरालाले सबैले आफनो जिम्मेवारी अनुसार काम गर्नुपर्नेमा जोड दिदैं पोखरामा हुने ९ वटै खेललाई सानदार रुपमा सफल बनाउनु पर्नेमा ध्यानदिनुपर्ने बताए । पोखरामा आर्चरी, ब्याडमिन्टन, ह्याण्डबल, प्याराग्लाइडिङ, ट्रायथोलन,विच भलिवल र भारोत्तोलनका खेल आयोजना गरिने छ । आर्चरीको लागि प्रतियोगिता अवधिमा प्रशिक्षण मैदानको अभाव झेल्नुपर्ने छ । रिकर्भ र कम्पाउण्ड गरी दुई इभेण्टमा प्रतिस्पर्धा गरिने छ । एक इभेण्टको प्रतिस्पर्धा चल्दा अर्को इभेण्ट भने तयारीको लागि प्रशिक्षणमा व्यस्त हुने छन् ।

कभर्ड हलमा व्याडमिन्टन र ह्याण्डबल आयोजना गरिने छ । हलमा म्याट हाल्नुपर्ने छ । म्याट भने आईसकेको छैन् । सिट र साउण्ड सिष्टम समेत व्यवस्थापन गर्नुपर्ने खाँचो छ । पुर्वाधारकै अभावमा ह्याण्डबलका खेलाडीहरु यतिबेला बन्द प्रशिक्षणमा छन् । भारोत्तोलन र ट्रायथोलनको लागि प्रदेश सरकार र जिल्ला तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको खासै ध्यान गएको छैन् । ट्रायथोलन र भारोत्तोलनको लागि को लाागि आवश्यक चेन्जिङ रुम बनाउनुपर्ने खाँचो छ । त्यसको अझै व्यवस्थापन हुन सकेको छैन् । पोखरा रंगशाला फुटबल मैदान निर्माणको काम आधा सकिएको भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)का प्रोजेक्ट मेनेजर दीपक बरालले बताए । उनका अनुसार शनिबारभित्रमा फुटबल मैदानको दुवो आईपुग्ने छ ।