शनिबार पोखरामा अन्तराष्ट्रियस्तरको ‘कासाङ्गा च्यालेन्ज कप’(साईक्लिङ, रनिङ र कायाकिङ) हुने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक ६ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पोखरामा पहिलो पटक अन्तराष्ट्रियस्तरको ‘कासाङ्गा’ च्यालेन्ज कप हुदैं छ । शुक्रबार र शनिबार हुने च्यालेन्जको लागि विभिन्न देशबाट सहभागिहरु पोखरा आईपुगेका छन् । प्रतिस्पर्धीले शुक्रबार र शनिबार साइक्लिङ, रनिङ र कायाकिङमा प्रतिस्पर्धा गर्ने छन् । अष्ट्रेलियन कायाकिङ रेसर परिवारको मुख्य प्रायोजन रहेको छ ।

नेपाल एशोसियसन अफ र्याफ्टिङ एजेन्सी (नारा) गण्डकी प्रदेश पोखराको आयोजना, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन र अष्ट्र्ेलियन कासाङ्गा परिवारको मुख्य प्रयोजन च्यालेन्जको शुरु हुने छ । फाईनल शनिबार हुने छ । च्यालेन्जमा साईक्लिङ, रनिङ र कायाकिङ समावेश गरिएको छ । दुई इभेण्टमा प्रतिस्पर्धा समेत गर्न सकिने व्यवस्था नाराले गरेको छ । साईक्लिङ र रनिङ, साईक्लिङ, रनिङ तथा कायाकिङ गरी दुई इभेण्टमा प्रतिस्पर्धा हुने छ ।

प्रतियोगितामा साइक्लिङ, रनिङ र कायाकिङमा प्रतिस्पर्धा गरिने आयोजक नारा गण्डकी प्रदेशका अध्यक्ष विरेन्द्र लामाले जानकारी दिए । लामाका अनुसार कासाङ्ग च्यालेन्जमा सहभागीता जनाउनेले पोखराको हल्लनचोक देखी याम्दी दोभानसम्म ७.५ किलोमिटर दुरीको साइक्लिङ हुने छ । याम्दी दोभानदेखी मर्दीखोला दोभान सम्मको ६.५ किलोमिटर दुरीसम्म रनिङ हुने छ । एउटा इभेण्ट त्यँही सकिने छ । अर्को इभेण्टमा प्रतिस्पर्धीले साईक्लिङ र रनिङपछि मर्दी खोला दोभानदेखी याम्दी दोभानसम्म ८ किलोमिटर दुरीमा डाउन रिभर रेस कायाकिङ गर्ने छन ।

नेपाल संगै क्यानडा, भारत, अष्ट्रेलिया, वेलायत, अर्जेन्टिना, अष्ट्रिया, फ्रान्स, जर्मनी, स्वीजरल्याण्ड, न्युजील्याण्ड, जापान लगाययतबाट खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । बुधबारसम्म ती देशका ३२ जना विदेशीले दर्ता गरिसकेका छन् । नेपालबाट नेपाली सेना र शसस्त्र प्रहरी बलका खेलाडीहरु सहभागिता जनाउने छन् । पुरुष र महिला गरी दुइ विधामा प्रतिस्पर्धा गराईने छ ।

च्यालेन्ज कप विजेता पुरुष र महिलाले प्रथम पुरस्कार जनही १÷१ लाख , दोश्रो हुनेले ५०÷५० हजार र तेश्रो हुनेले २५÷२५ हजार प्राप्त गर्ने छन । त्यसैगरी साइक्लिङ र रनिङ समेत महिला तथा पुरुष विजेताद्वयले समान ३०÷३० हजार, दोश्रो हुनेले २०÷२० हजार र तेश्रो हुनेले १०÷१० हजार नगद प्राप्त गर्ने प्रतियोगिताका प्राविधिक संयोजक तथा नाराका निवर्तमान केन्द्रीय अध्यक्ष निमबहादुर मगरले बताऐ बताए । उनका अनुसार शुक्रबार शुरु हुने प्रतिस्पर्धाबाट क्वालिफाईङ गरी फाईनल भिडन्त गराईने छ ।

पोखरालाई साहसिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने यो इभेण्टले महत्वपूर्ण भूमिका खेल्ने छ । सिजन जलयात्राको हो । सेती नदीमा कायाकिङसँगै र्याफ्टिङ गर्ने बाह्य पर्यटक आउने गरेका छन् । छोटो दुरीमा साहसिक जलयात्रा गर्न सेती नदी उपयुक्त भएको नारा गण्डकी प्रदेशका अध्यक्ष विरेन्द्र लामाले बताए । ‘सेती नदी कायाकिङ र र्याफ्टिङको लागि सजिलो पनि होईन, कठिनाई पनि होईन ।’ उनको भनाई थियो । उनका अनुसार सेती नदी ठाडो भएकोले पानीको बहाव छिटो बग्ने हुदाँ जोखिम पनि उत्तिके हुन्छ ।

गत वर्ष कायाकिङ गर्ने क्रममा अष्ट्रेलियन २३ वर्षिया कासाङ्गाको निधन भएपछि उनको परिवारले स्थापना गरेको कोषबाट यो प्रतियोगिता पहिलो पटक आयोजना गरिएको प्रतियोगिताका संयोजक मगरले सुनाए । कासाङ्गाका कायाकिङको वल्र्डकप खेलेर नेपाल आएकी थिईन् । उनको निधनपछि परिवारले सदगत यतै गरेपछि उनको नाममा कोष स्थापना गरेको थियो ।file pic