जिनाओमाथि युभेण्ट्सको कठिन जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक १४ गते २०७६ मा प्रकाशित


एजेन्सी-अन्तिम मिनेटमा पाएको पेनाल्टीलाई क्रिष्टियानो रोनाल्डोले सदुपयोग गरेपछि इटालियन सिरी एमा युभेण्ट्सले जिनोआमाथि कठिन जित निकालेको छ । निकै तनावपूर्ण खेल जित्ने क्रममा रोनाल्डोले ९० प्लस ६ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै शीर्षस्थानमा उक्लिएको हो ।

लिओनार्दो बोनुसीले युभेण्ट्सका लागि ३६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर चार मिनेटमै बराबरी गोलगरेपछि खेल रोमाञ्चक मोडमा पुग्यो । ४० औं मिनेटमा क्रिष्टियन कोउमीले गोल गर्दै गिनाओलाई बराबरीमा ल्याईपुर्याए ।

५१ र ५७ औं मिनेटमा जिनाओका दुई खेलाडीले रातो कार्ड खाँदै मैदान बाहिरिएपछि ९ खेलाडीमा सीमित हुन पुग्यो । ९ खेलाडीले पनि अन्त्यसम्म युभेण्ट्सको चुनौतिलाई गिनाओले कडा टक्कर दिएका थिए । फ्रान्सिस्को कासाटा ५१ औं मिनेटमा मैदान छाड्दा फेडरिको मार्चेट्टी ५७ औं मिनेटमा मैदान छाड्े । युभेण्ट्सका ८७ औं मिनेटमा एड्रिन राविओटले मैदान छाडेपछि खेल बराबरीमा टुंगिने संकेत देखियो । यद्यपी ९० प्लस ६ मिनेटमा पाएको पेनाल्टीलाई रोनाल्डोले गोल गर्दै युभेण्ट्सलाई सिरीको शीर्षस्थानमा उक्लिन पर्याप्त अंक बन्यो ।