सहारा एकेडेमीको खेल मैदान थप विस्तार गर्न का.वा मुख्यमन्त्री गुरुङको आग्रह

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक २४ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-गण्डकी प्रदेशका कार्यवहाक मुख्यमन्त्री किरण गुरुङले सहारा एकेडेमीको खेल मैदान थप विस्तार गर्न आग्रह गरेकाछन््। शनिबार सहारा एकेडेमी सहित एकेडेमीका वालकहरुसंग भेटघाट गर्दै का।वा। मुख्यमन्त्री गुरुङले पोखरामा स्तरीय फुटबल मैदान अभाव भएको अबस्थामा क्लबले एकेडेमीको खेल मैदानलाई ब्यबस्थित पार्न सुझाव दिएका हुन्।

उनले भने “ हामीले सोचे भन्दा सहारा एकेडेमी धेरै फरक ढंगबाट संचालन भएको रहेछ, यसलाई दिगो रुपमा संचालन गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्न तयार रहेको छ । ” का।वा। मुख्यमन्त्री गुरुङलाई क्लवका अध्यक्ष केशवबहादुर थापा, निवर्तमान अध्यक्ष विरभद्र आचार्य, पूर्व अध्यक्ष विक्रम थकाली लगायतले स्वागत गर्दै क्लवको गतिविधिको बारेमा जानकारी गराएका थिए । सहारा क्लब पोखराद्धारा सञ्चालित कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरु समेलित १३ जिल्लाका २५ जना वालकहरु एकेडेमीमा रहेकाछन्।