ट्रायथोलनको पुरुष तर्फ स्वर्ण भारतलाई

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १६ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत पोखरामा आयोजित ट्रायथोलनको पहिलो स्वर्ण भारतीय खेलाडीको पोल्टामा परेको छ । भारतीय खेलाडी आर्दशमान सिनामोलले स्वर्ण जित्दा भारतकै खेलाडी विश्वजित सकिमले रजत पदक जिते ।

नेपाली खेलाडी नितेश मानन्धरले भने कास्य पदकमा चिक्त बुझाए । यद्यपी अफिसियल टाईमिङ भने आईपुगेको छैन् । अहिल महिलाको प्रतिस्पर्धा भईरहेको छ । खेलाडीहरुले ७५० मिटर पौडी, २० किलोमिटर साईकल र ५ किलोमिटर दौड पुरा गरेका थिए ।