महिला ह्याण्डबल– नेपाललाई पदक पक्का

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १९ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-१३ औं दक्षिण एशियाली खेलकुद(साग) अन्तर्गत पुरुष ह्याण्डबलमा नेपाल समूहचरणबाटै बाहिरिएको पीडामा महिला ह्याण्डबल टोलीले पदक भने पक्का गरेको छ । पाकिस्तानसँग पराजित भएसँगै पुरुष ह्याण्डबल टोलीको विदाई हुदाँ महिला ह्याण्डबल टोलीले भने पदक पक्का गर्ने क्रममा बिहीबार बंगलादेशी टोलीलाई पराजित गरेको हो ।

महिला ह्याण्डबल टोलीले दुईजितसँगै सेमीफाईनल प्रवेशको हो । सेमीफाईनल प्रवेशसँगै पदक पक्का भएको हो । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतिस्पर्धामा बंगलादेशमाथि २६–२४ गोल अन्तरले पराजित गर्दै सेमीफाईनल प्रवेश गरेको हो । सेमीफाईनलमा भिड्ने अर्को टोलीको टुंगो लागिसकेको छैन् ।

नेपालको लागि उमा राईले सर्वाधिक ८ गोलको योगदान दिइन् । जसमध्ये उमाले ७गोल पेनाल्टीबाट गोल गरेकी हुन् । बंगलादेशी टोलीको दुई पेनाल्टीलाई नेपाली गोलकिपरले बचाउ गरेपछि अझ उत्साह बढेको थियो । पहिलो हाफको शुरुवातमै पछि परेको नेपालले दोस्रो हाफ हुनु अघि बराबरीमा ल्याउँदै दोस्रो हाफमा बंगलादेशी टोलीमाथि दावव सृजना गरेपनि अन्तत दुई गोलको अन्तरले जित निकाल्यो ।

महिला ह्याडबलकै यसैगरी अर्को खेलमा पाकिस्तानले माल्दिभ्सलाई २७ काविरुद्ध ३२ गोलले पराजित गरेको छ । पाकिस्तानले ३ अंकजोडेको छ । माल्दिभ्स भने लगातार दुई खेल हार्दै समूह चरणबाट बाहिरिएको छ । यसअघि माल्दिभ्सले भारतसँग हारेको थियो ।

बाहिरियो पुरुष टिम
पुरुष ह्याण्डबलमा नेपाल बाहिरिएको छ । लिग चरणमा लगातार दुई खेल हारेपछि नेपाल बाहिरिएको हो । दोस्रो खेलमा पाकिस्तानसंग ४३–१९ गोलले पराजित हुदैं समूहचरणबाटै बाहिरिएको हो । नेपालले पहिलो खेलमा श्रीलंकासँग गुमाएको थियो । समूह बीमा पाकिस्तानले पहिलो खेलमा जित निकाल्दै ३ अंकजोडेको छ । पाकिस्तानले शुक्रबार श्रीलंकासग खेल्नेछ । मोहम्मदजुबेरले पाकिस्तानकालागि सर्वाधिक १० गोल गरे । नेपालका कप्तान बिशाल बस्नेतले टोलीका लागि सर्वाधिक ५ गोल गरेका थिए ।