महिला भारोत्तोलन ५९ केजी तौलमा नेपालकी चौधरीलाई स्वर्ण 

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १९ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-१३ औं दक्षिण एशियाली खेलकुद(साग) प्रतियोगिता अन्तर्गत बिहीबारदेखि शुरु भएको महिला भारोत्तोलन खेलाडी सन्जु चौधरीले ५९ केजी तौल समूहमा स्वर्ण पदक जितेकी छन् । उनले स्न्याचमा ७४ केजी र क्लिन एण्ड जर्कमा ९७ केजी तौल उठाउँदै कुल १७१ केजी तौल लिफ्ट गर्दै स्वर्ण पदक जितेकी हुन् । भारोत्तोलनमा यो पहिलो स्वर्ण पदक हो । श्रींलकाकी खेलाडी एम.एन एस राजापाक्षेले रजत पदक र बंगलादेशीका खेलाडी फायमा अख्तरले कास्य  पदक जितिन् ।