महिला फुटबल,सावित्रीको ह्याट्रिक, सर्वाधिक गोलकर्ताको किर्तिमान

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १९ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-स्ट्राईकर सावित्री भण्डारीले अन्तराष्ट्रिय गोलको किर्तिमानी आफनो नाममा बनाउँदा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा बिहीबार माल्दिभ्सलाई ३–० गोलले पराजित गरेको छ । भण्डारीले माल्दिभ्स विरुद्ध ह्याट्रिक गर्दै अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा सर्वाधिक गोल गर्ने किर्तिमानी आफनो नाममा लेखाईन् ।

सावित्रीको अन्तराष्ट्रिय गोल संख्या ३८ पुगेको छ । यस अघि अन्तराष्ट्रिय गोल गर्ने खेलाडीको सूचीमा नेपाली महिला फुटबलकी पुर्व कप्तान अनु लामाको नाममा थियो । उनले सबैखाले अन्तराष्ट्रिय प्रतियोगितामा नेपालका लागि ३५ गोल गरेकी थिईन् ।

कमजोर प्रतिस्पर्धीको रुपमा मानिएको माल्दिभ्स विरुद्ध नेपालले पहिलो गोलको खाता भने १६ औं मिनेटमा गर्यो । अनिता बस्नेतको क्रसबलमा भण्डारीले सेकेण्ड बारमा च्याप्दै गोलपछि अग्रता लिने मात्रै नभई अन्तराष्ट्रिय गोल गर्ने खेलाडीको सूचीमा आफुलाई उभ्याईन् । दोस्रो गोल २० औं गरेपछि किर्तिमानी अझ बलियो बनाईन् । तेस्रो गोल भने उनले अतिरित्त समयमा गर्दै ह्याट्रिक पुरा गरिन् । उनले ९० प्लस २ मिनेटमा गोल गर्दै ह्याट्रिक गरिन् ।

एकपक्षीय जस्तै बनेको खेलमा माल्दिभ्सले अधिकांश समय गोल रोक्ने प्रयासमा जुटिरह्यो । बल सेन्टरभन्दा कमै समय नेपाली पक्षको परेको थियो । आधा दर्जन भन्दा बढी कर्नरको अवसरलाई नेपालले खासै सदुपयोग गर्न भने सकेन् । केही महत्वपूर्ण अवसरलाई समेत गोल गर्न चुक्दा नेपालले फराकिलो अन्तर बनाउन सकेन् । नियमित कप्तान निरु थापाकोे स्थानमा रेनुका नगरकोटीले कप्तानको जिम्मेवारी सम्हालेकी थिईन् । अब नेपालले लिगको अन्तिम खेल भारतसँग प्रतिस्पर्धा गर्ने छ । pic by Sudarshan Ranjit