विच भलिबलमा निराशाजनक नतिजा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १९ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)- १३ औं दक्षिण एशियाली खेलकुद(साग) प्रतियोगिता अन्तर्गत विच भलिबल प्रतियोगितामा नेपाली दुवै टोली पराजित भएको छ ।

फेवाताल किनारमा पहिलो पटक आयोजित अन्तराष्ट्रिय प्रतिस्पर्धामा नेपालका मानबहादुर श्रेष्ठ र दिलकुमार सुनारको जोडी पहिलो खेलमा पाकिस्तानका जार्सनाब खान र अफाग खानको जोडीसँग २५-२३, २१-२३ र १२-१५ को सेटमा पराजित भए । लिगको दोस्रो खेलमा श्रेष्ठ र सुनारकै जोडी श्रीलंकन इन्डिका थिरोन र जायन सनुजाको जोडीसँग २१-१६, २१-१८ को सेटमा पराजित भएका थिए ।

यसैगरी दोस्रो टोलीको रुपमा कोर्टमा उत्रिएको सन्जुविक्रम शाह र राजु विकको जोडी पनि पाकिस्तानी राज्जाक मोहम्मद र वासिन महम्मदको जोडीसँग १४-२१, १५-२१ को सेटमा पराजित भए । दोस्रो खेल खेल्ने क्रममा श्रीलंकन जोडी असान्का प्रदीप र असिन कुमाराको जोडीसँग ९-२१, ११-२१को सेटमा पराजित हुन पुगे ।