विकासले दिलाए भारोत्तोलनमा अर्को स्वर्ण

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर २० गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)- ८९ केजी तौल समूहमा नेपालका विकास थापाले राष्ट्रिय किर्तिमान राख्दै स्वर्ण पदक जितेका छन् । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग) अन्तर्गत भारोत्तोलनको खेलको दोस्रो दिन उनले ८९ केजी तौलमा स्वर्ण पदक दिलाउँदा राष्ट्रिय किर्तिमान समेत बनाएका हुन् ।

शुक्रबार पोखरा माटेपानीस्थित एसआरकेसी बैंक्युटमा आयोजित प्रतिस्पर्धामा उनले स्न्याच तर्फ १२३ केजी उठाए । क्लिन एण्ड जर्क तर्फ १४६ केजी गरी समग्रमा २६९केजी तौल लिफ्ट गर्दै स्वर्ण पदक जितेका हुन् । भारोत्तोलनमा यो दोस्रो स्वर्ण पदक हो । यसअघि सन्जु चौधरीले स्वर्ण पदक जितेकी थिईन् ।