महिला ह्याण्डबलमा नेपालले स्वर्णको लागि भारतसँग खेल्ने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर २१ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-नेपाली महिला ह्याण्डबल टोली फाईनल प्रवेश गरेको छ । पाकिस्तानलाई १ गोलले पराजित गर्दै फाईनल यात्रा तय गरेको हो ।

१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग) मा पाकिस्तानसँगको सेमिफाईनल भेटमा नेपाल २२-२१ गोल अन्तरले जित्दै फाईनल पुगेको हो । पहिलो हाफमा ८-११ ले पछि परेको अवस्थामा नेपालले दोस्रो हाफमा भने कमव्याक गर्दै जित आत्मसात गरेको हो । नेपालले अब स्वर्ण पदकको लागि भारतसँग प्रतिस्पर्धा गर्ने छ ।