पिपिएल दोस्रो संस्करण, पोखरा पल्टन र काठमाडौं गोल्डेन्स ‘टस’ को प्रतिक्षामा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर २५ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-आगामी शनिबारदेखि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा दोस्रो सस्करणको नमस्ते पोखरा प्रियिर लिग क्रिेकट(पिपिएल) शुरु हुदैं छ । झण्डै एक महिना अघि आयोजना गर्ने पुर्व निर्धारित तालिका भएपनि १३ औं दक्षिण एशियाली खेलकद प्रतियोगिता(साग)कै कारण झण्डै एक महिना पछि धकेलिएको थियो । पहिलो संस्करण भने गतवर्ष कार्तिक ९ देखि २० गतेसम्म आयोजना गरिएको थियो ।

साग महिला क्रिकेट प्रतियोगिता सकिए लगत्तै पोखराको क्रिकेट मैदान फेरी दुईसाता निकै व्यस्त रहने छ । आवश्यक पुर्वाधार तयार गरिसकिएको छ । पीच मर्मत गरिएको छ । आउट फिल्डसहित बाउण्ड्री बनाईएको छ । झण्डै वर्षदिनको प्रतिक्षा सकिदैै छ । ६ फरक शहरका फ्रेन्चाईज टोलीले टी–२० प्रतिस्पर्धाको लागि आवश्यक सबै तयारी गरिसकिएको छ । उदघाटन खेल साविक विजेता पोखरा पल्टनले काठमाडौं गोल्डेन्ससँग खेल्ने छ । गतवर्ष भने काठमाडौं रोयल्सको नामबाट पहिलो संस्करण खेलेको थियो ।

पहिलो संस्करणमा फाईनलमा पोखरा पल्टनले चितवन राईनोजलाई ३ विकेटले पराजित गर्दै उपाधि उचालेको थियो । उपाधि उचाल्नु अघि पोखराले काठमाडौं रोयल्सलाई पराजित गर्दै फाईनल प्रवेश गरेको थियो । फाईनल पुग्न पोखराले काठमाडौैलाई चारविकेटले पराजित गरेको थियो । आईतबार दुई खेल आयोजना हुने छन् । क्वीन्स इभेण्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको दोस्रो दिन आईबातर पहिलो खेल विराटनगर टाईटन्सले धनगढी ब्लुजसँग प्रतिस्पर्धा गर्ने छ भने दोस्रो खेल काठमाडौै गोल्डेन्सले बुटवल ब्लाष्टर्ससँग खेल्ने छ ।