नमस्ते पोखरा प्रिमियर लिग, पारस र रोहनको शतकीय साझेदारी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष ३ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-चितवन राईनोजका कप्तान पारस खड्का र रोहन मुस्तफाले पिपिएलमै पहिलो विकेटको लागि शतकीय साझेदारी गरेका छन् । ओपनिङ आएका खड्का र मुस्तफाले पहिलो विकेटको लागि गरेको शतकीय साझेदारी पिपिएलमै पहिलो हो । खड्काले ६३ र मुस्तफाले ३७ रन बनाउँदै ११७ रनको साझेदारी गरेका हुन् ।

पहिलो विकेट लिन बुटवलले ११.३ ओभर खर्चिएको थियो । महत्वपूर्ण साझेदारी गर्ने क्रममा खड्का अफ्ताबुद्धिन अहेमदको बलमा सोमपाल कामीको हातबाट क्याच भए । उनले ४० बल खेल्दै ६ चौका र २ छक्का हिर्काए । बुटवलका हरिबहादुर चौहानले एकै ओभरमा १६ रन खर्चिए । त्यही ओभरमा ६ रन अतिरिक्त थियो । हर्श टंकले पनि एकै ओभरमा १५ रन खर्चिएका थिए । पोखरेली बलर विपिन खत्रीले पनि दुई ओभरमा २४ रन दिएका थिए ।