पोखरा पल्टनको तेस्रो हार

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष ४ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पोखरा पल्टन तेस्रो हारसँगै नमस्ते पोखरा प्रिमियर लिग फ्रेन्चाईज टी–२० क्रिकेट प्रतियोगिताको उपाधि होड अत्यन्तै कठिन बनेको छ । चौथो खेल खेलेको पोखरा पल्टन तेस्रो हार व्यहोरिसकेको छ ।

बुटवल ब्लाष्टर्सका अफ्ताबुद्दिन अहमदले ७५ रनको महत्वपूर्ण शुरुवात गरेपछि पोखरा पल्टनले दिएको १२२ रनको लक्ष्यलाई दुई विकेटको क्षतिमा १४ ओभरमै पुरा गर्यो । पहिलो विकेटको रुपमा शंकर रानालाई १९ रनमा गुमाएको बुटवलले अहमदको महत्वपूर्ण ओपनिङ्स रह्यो । रसिद खानको बलमा आउट हुदाँ अहमदले ४६ बल खेल्दै १२ चौका र २ छक्का हिर्काएका थिए । रानाले २३ बलको सामना गरे । २ चौकासहित १९ रन उनको नाममा स्कोरबोर्डमा चढ्यो ।
हर्स टंक र भीम सार्कीको जोडीले तेस्रो विकेटको लागि १८ रनको साझेदारी गर्दै जितसम्म डोहोर्याए । रसिद खानको बलमा हर्सले १३ औं ओभरको अन्तिम बलमा छक्का हिर्काउँदै जित सुनिश्चित बनाए । दोस्रो जितसँगै बुटवलले चार अंकसहित उपाधि यात्रालाई कायमै राखेको छ । सार्कीकले १० बलमा ३ चौकासहित १६ रन बनाए । हर्षले भने ५ बलमा १ छक्का हिर्काउँदै ६ रनमा अविजित रहे ।

टस हारेर व्याटिङको निम्तो स्वीकार्दै क्रिजमा ओलिर्एको पोखरा पल्टनले ५ विकेटको क्षतिमा १२१ रनको स्कोर तयार पार्यो । कुशल भर्तुेललाई पहिलो ओभरको दोस्रो बलमै ललित भण्डारीले एलबी डब्लुको धरापमा पारे । ईशान पाण्डेले १३ रन बनाउन १९ बल खर्चिए । शरद भेषवाकरको कप्तानी इनिङ्स भने हेर्ने र देख्ने अवसर पोखरेली दर्शकले पाएनन् । उनी पनि ७ रनमै पवेलियन फर्किएपछि पोखरा पल्टन धरासायी बन्दै गयो ।

हिटर व्याट्सम्यानको उपमा पाएका विनोद भण्डारी पनि ३ रनमै क्याच हुदैं क्रिज छाडे । पाँचौ नम्बरमा आएका रविइन्दर सिंहले भने पोखराको स्कोरलाई उकास्ने प्रयास गर्दै व्यक्तिगत ४५ रनमा खेल्दा दुई चौका र दुईका छक्का हिर्काउँदै अविजित रहे । रोहित कुमार पौडेल नितेश थापाको बालमा आउट हुदाँ १९ रनमा खेलिरहेका थिए । १८ बल खेल्दै १ चौका र १ छक्का व्याटबाट निस्कियो । रविइन्दरसिंहसँग अविजित रहने क्रममा पार्थमेश डाकेले २० रन बनाए । २० बल खेल्दै १ चौका र १ छक्का हिर्काए । हर्ष टंकले ४ ओभरमा १० रन दिएर २ विकेट लिए । नितेश थापाले पनि एक ओभरमा केवल ३ रनमात्रै दिए । १ विकेट आफनो नाममा राखे । म्यान अफ दि म्याचको हकदार अहमद बने ।