आर्चरी पदक विजेतालाई सम्मान

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष ५ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-स्वयं सेवक प्रशिक्षकको रुपमा रहेर प्रशिक्षण गराउँदै आएका किशोरकुमार गुरुङले आफनै शिष्यलाई पोखरामा शनिबार सम्मान गरेका छन् । गुरुङले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा आर्चरीको कम्पाउण्ड तर्फ मिक्स टिम इभेण्टमा कास्य पदक जितेको आर्चरी टोलीलाई पोखरामा शनिबार सम्मान गर्ने क्रममा आफनो शिष्यलाई समेत सम्मान गरे ।

अन्नपूर्ण आर्चरी क्लब र कास्की जिल्ला आर्चरी संघको आयोजनामा कम्पाउण्ड मिक्स टिम इभेण्टमा कास्य पदक जित्ने योगेन्द्र शेचरन, मोनिका रानामगर र रश्मी दर्लामी मगरलाई सम्मान गरिएको हो । गण्डकी प्रदेश सदस्य इन्द्रधारा विष्टले खादा लगाई सम्मान गरेका हुन् । दक्षिण एशियाली खेलकुदका नेपालले आर्चरीबाट एक कास्य पदक र एक रजत पदक जितेको थियो । शेरचन गुरुङका आर्चरीका शिष्य हुन् । शेरचन कास्की जिल्ला आर्चरी संघका अध्यक्ष समेत हुन् ।

क्लबका संस्थापक अध्यक्ष हरिध्वज तुलाचनको समेत उपस्थिति रहेको थियो । उनकै अगुवाईमा कास्की जिल्ला आर्चरी अहिलेको अवस्थासम्म आईपुगेको हो । पोखरा रंगशालाभित्र निर्माण गरिएको आर्चरी मैदानमा पहिलो अन्तराष्ट्रिय प्रतिस्पर्धाको रुपमा दक्षिण एशियाली खेलकुद प्रतियोगिता आयोजना गरिएको हो ।