शनिबार पिपिएल उपाधि भिडन्त, चितवन र विराटनगर बीच प्रतिस्पर्धा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष ११ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-शनिबार पोखरा रंगशालामा नमस्ते पोखरा प्रिमियर लिगको दोस्रो सस्करणको फाईनल विजेताको टुंगो लाग्ने छ । उपाधि हस्तान्तरणसँगै पोखरा प्रिमियर लिग वर्षदिनको लागि विट मार्ने छ । विराटनगर टाईटान्सले चितवन राईनोज विरुद्ध पोखरा रंगशाला क्रिकेट मैदानमा उपाधि प्रतिस्पर्धा गर्ने छन् ।

चितवनले लिगचरणका खेल जित्दै फाईनल सुरक्षित बनाउँदा विराटनगर भने संघर्षपूर्ण जित निकाल्दै फाईनलसम्म पुगेको हो । फाईनलमा विराटनगर भने लिग चरणमा भोगेको हारलाई बदला लिने लक्ष्यका साथ मैदान उत्रिनेछ । उपाधि हुन पूर्व भएको पत्रकार सम्मेलनमा दुबै टोलीका कप्तानले उपाधि जित्ने दावी गरे ।

विराटनगरले भने इलिमिनेटर राउन्डमा बुटवल ब्लास्टरलाई स्तब्ध बनाउँदै चितवनसँगको भिडन्त पक्का गरेको थियो । सबै खेलमा जित निकालेको चितवनका कप्तान पारस खड्काले अघिल्लो खेलमा देखाएको लयलाई निरन्तरता दिने बताए ।
‘यस अघिका खेलमा हाम्रो टोलीले राम्रो खेल्दै अन्तिम दुईको यात्रा तय गरेका छौं । विराटनगर पनि यस अघि भएका खेलमा संघर्ष गर्दै फाइनलमा आइपुगेको छ,’ चितवनका कप्तान पारसले भने, ‘उपाधिका लागि हुने प्रतिस्पर्धा रोमाञ्चक हुनेछ । दुबैको लक्ष्य उपाधि हो । अघिल्लो संस्करणको फाइनलमा पराजित भएकाले हामी जितका लागि खेल्ने हो ।’फाइनलमा आफ्नो टोलीले दिएको जिम्मेवारीलाई पूरा गर्दै उपाधिका लागि खेल्ने तर त्यति सहज नभएको कप्तान खड्काले थपे ।

‘चितवन राइनोज राम्रो खेल्दै फाइनलमा प्रवेश गरेको हो । प्रतिद्वन्द्वी पनि बलियो नै हुँदै फाइनलमा प्रवेश गरेको हो,’ कप्तान खड्काले थपे, ‘ अघिल्लो संस्करणमा फाइनलमा भोगेको पराजयलाई विर्सैँदै अघि बढ्न चाहेका छौं ।
अघिल्लो संस्करणमा भन्दा अहिलो संस्करणमा नेपाली खेलाडीले राम्रो गरेको पारसले बताए । यस्तै पिपिएलमा पोखरमा क्रिकेटको संस्कृती बढेको प्रतिक्रिया दिए । ‘पोखरको पिच निकै राम्रो रहेको छ । हामी यस २०१३ का राष्ट्रिय टोलीबाट क्याम्पमा बसेका थियौं,’ नेपाली खेलाडीले गरेको प्रदर्शनलाई प्रशंसा गर्दै खड्काले थपे, ‘अघिल्लो संस्करणमा भन्दा अहिले नेपाली खेलाडीको प्रदर्शन राम्रो भयो । यस प्रतियोगितामा नेपाली खेलाडीले गरेको प्रदर्शनबाट आउँदा दिनमा खेलाडीलाई सजिलो हुन्छ ।’

‘नेपाली खेलाडीले पनि राम्रो खेलेका छन् । अघिल्लो संस्करणमा नेपाली खेलाडी पिपिएल प्रतियोगितामा राम्रो गरेका छन् । अवसर भन्दा विदेशी खेलाडी भएको भन्ने विषयलाई चिर्दै कप्तानले जारी प्रतियोगितामा नेपाली खेलाडीले राम्रो खेले र विस्तारै पोखरमा पनि क्रिकेटको माहोल बढ्दै गएको प्रतित्रिया दिए । ‘यो संस्करणमा नेपाली खेलाडीले पनि राम्रो खेल्दै प्रमाणित गरेका छन्,’ चितवनका कप्तान खड्काले थपे, ‘सबैको टिममा सबै खेलाडीले राम्रो खेलेका छन् । केही नयाँ खेलाडीले पनि यस प्रतियोगितालाई भरपुर अवसरको रुपमा सदुपयो गरेका छन् ।’

उता संघर्षकाका अन्तिम दुईमा स्थान बनाएको विराटनगरका कप्तान विराटनगरका दिपेन्द्र सिंह ऐरीले जति सक्दो कम गल्ती गरेर विलियो प्रतिद्वन्द्वीको सामना गर्ने बताए । ‘सुरुआत राम्रो नभए पनि इलिमेनेटर राउन्टमा राम्रो खेलेर फाइनल पुगेका छौं, त्यही मुभमेन्टमलाई निरन्तरता दिन चाहन्छौं,’ विराटनगरका कप्तान प्रदिप्र सिंह ऐरीले भने, ‘शनिबारको खेलमा अन दि फिल्डमा प्लान बनाएर खेल्ने रणनीति अवलम्बन गर्ने सोचेका छौं ।’

फाइनल यात्रा तय गर्न बुटवल ब्लास्टरलाई हराउँदै फाइनल प्रवेश गरेको विराटनगरले दुबै ब्याटिङ र बलिङ पक्षलाई सन्तुलित बनाउँदै फिल्डमा उत्रिने कप्तान प्रदीपले प्रतिक्रिया दिए । ‘बलियो प्रतिद्वन्द्वी पाएका छौं । सहज छैन् । नयाँ खेलाडी पनि राम्रो गरेका छन् । उनीहरुले खेलमा लिएको लयलाई हामी निरन्तरता दिन चाहन्छौं ।’विराटनगरसँग उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको चितवनले लिगका सबै खेलमा जित निकालेको थियो । यस्तै विराटनगर भने पाँच खेलबाट लिग राउन्डमा तीन खेल जित्दा दुई खेल गुमाएको थियो भने इलिमेनेटर राउन्डमा सुखद नतिजा हात पारेको थियो ।