करण, ज्ञानेन्द्र र रोहनलाई टिभिएस मोटरसाईकल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष १२ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-नमस्ते पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा करण केसी उत्कृष्ट बलर घोषित भएका छन् । उनले १३ विकेट लिएका थिए । उत्कृष्ट व्याट्सम्यान काठमाडौं गोल्डेन्सका ज्ञानेन्द्र मल्ल र म्यान अफ दि सिरिजबाट चितवन राईनोजका रोहन मुस्तफा घोषित भए ।

उनीहरु सबैले टिभिएस मोटरसाईकल पुरस्कार पाए । मोष्ट भ्यालुएबल प्लेयर विराटनगर टाईटन्सका लोकेश बाम घोषित भए । उनले नगद १ लाख रुपैयाा पाए । इमर्जिङ प्लेयरबाट एक्सपर्ट धनगढी ब्लुजका अनिल खरेल घोषित हुदैं नगद ५० हजार थापे । क्विन्स इभेण्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा सञ्चालित प्रतियोगितामा विजेता चितवन राईनोजले २७ लाख नगद पुरस्कार पाउँदा उपविजेता विराटनगर टाईटान्सले १० लाख रुपैयाँ पायो । विजेता दुवै टोलीका खेलाडीहरुलाई गण्डकी प्रदेश प्रमुख अमिक शेरचन, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी तथा भरतपुर महानगरपालिकाका मेयर रेणुका दाहालले पुरस्कार वितरण गरेका थिए ।