माछापुच्छ्रे बैंक ओपन टेनिस- संरक्षक र प्रवण बीच उपाधि प्रतिस्पर्धा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष १३ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)- महिला तर्फको ओपन प्रतिस्पर्धाको उपाधि भने प्रेमा कोइरालाले जितिन् । प्रेमाले सलोनी तामाङलाई ७–५, ६–१ को सेटले पन्छाउँदै उपाधि आफनो नाममा लेखाईन् । वुमन्स सिंगलमा विजेतले नगद ५० हजार, उपविजेताले नगद २५ हजार तथा सेमिफाइनलिष्टले नगद १०÷१० हजार सहित ट्रफी पुरस्कार स्वरुप प्राप्त गर्ने छन् ।

शीर्ष बरियताका प्रदीप खड्का दोस्रो सेटमा कमब्याक भएपनि तेस्रो सेटमा आईपुग्दा सहज पराजित हुदैं माछापुच्छ्रे बैंक १७ औं ओपन टेनिसको उपाधि होडबाट बाहिरिएका छन् । आईतबार पोखरा रंगशालास्थित टेनिस कोर्टमा संरक्षक भुषण बज्रचार्यसँग ६–२, ७–६ र ६–१ ले पराजित हुदैं फाईनल प्रवेश गर्नबाट चुके ।

दोस्रो सेट निकै प्रतिस्पर्धात्मक रह्यो । २–५ ले अग्रता लिइरहेको अवस्थामा खड्कालाई रोक्दै बज्रचार्यले सेट ५–५ को स्थितिमा ल्याइपुर्याए । एकपछि अर्को सर्भिस प्वान्ट ब्रेक गरेको बज्रचार्यले ६–६ को स्थितिमा टाइब्रेकमा गुमाएपछि खड्काको कमब्याक हुन पुग्यो । यद्यपी तेस्रो सेट भने अपेक्षाकृत हुनै सकेन् । खड्काले अन्तिम सेटमा भने पुरानो लय कायम राख्न सकेनन् र अन्तत ६–१ को सेट गुमाउँदै उपाधि होडबाट आफुलाई बाहिर राखे ।

नविन मगरले पनि काठमाडौंका प्रवण खनालको चुनौतिलाई पन्छाउनै सकेनन् । पहिलो सेट ६–०ले सहजै गुमाएका नविनले दोस्रो सेटमा भने केही सुधार गर्दै खेले । म्याच प्वान्ट बिगार्दै गएपछि नविन दोस्रो सेत ६–४ले गुमाउन पुगे । अब उपाधिको लागि प्रवण खनालले संरक्षणभुषण बज्रचार्यसँगै खेल्ने छन् । । कास्की जिल्ला टेनिस संघको आयोजनामा सञ्चालित प्रतियोगितामा अन्तर्गत ३५ वर्षमाथिको उमेर समूहको उपाधि प्रतिस्पर्धा कमल भण्डारीले राजु श्रेष्ठसँग खेल्ने छन् ।

सेमिफाईनलमा कमल भण्डारीले श्रीमान गुरुङलाई ७–६, ६–१ को सेटमा पराजित गर्दै फाईनल सुरक्षित बनाए । राजु श्रेष्ठले पनि फाईनल प्रवेश गर्ने क्रममा छवाङ लामालाई ५–७, ६–४ र सुपरटाईमा १०–८ ले पराजित गरेका थिए । ४५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा उपाधिको लागि चन्द्र शाही र विमल गुरुङ भिड्ने छन् । चन्द्र शाहीले अनु जोनलाई सोझो सेटमा पराजित गरे । ६–१, ६–० को सजिलो सेटमा पराजित गर्दै उपाधि निकट पुग्दा पोखरेली खेलाडी गोपीबहादुर भट्टराई पनि विमल गुरुङसँग ६–३, ६–३ को सेटमा पराजित हुदैं रोकिए । ५५ वर्षमाथिको उमेर समूहमा कमल थापाले उत्कृष्ट कमब्याक गर्दै फाईनल प्रवेश गरे ।

थापाले प्रदीप शाहलाई पराजित गर्न सुपरटाईसम्म खेल्न पुगे । थापाले २–६ले पहिलो सेट गुमाउँदा दोस्रो सेटमा कमब्याक गरेरै छाडे । दोस्रो सेट ६–४ले आफनो पक्षमा पार्दै निर्णायक सुपरटाई सेटमा १०–८ले जित्दै फाईनल पक्का बनाए । अनिल तुलाचनले पनि मनोज राणालाई पराजित गर्न सुपरटाईसम्म खेल्नु पर्यो । तुलाचनले राणालाई ६–२, ४–६ र १३–११ को नजिता निकाल्दै फाईनल सुरक्षित गरे । फाईनलमा तुलाचनको भेट कमल थापासँग हुने छ । ६५ वर्षमाथिको उमेर समूहमा भने ज्ञानेन्द्र ताम्राकारले विष्णुकुमार गुरुङलाई ४–१, ४–० को सेटमा पराजित गरे । दीपक श्रेष्ठले छेवान नोक्र्याललाई ४–०, ४–० को सेटमा पराजित गर्दै फाईनल प्रवेश गर्न सफल भए ।