साईक्लिंग प्रतियोगितामा सुधा र हिक्मत च्याम्पियन 

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष १५ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-कास्की जिल्ला साईक्लिंग संघको आयोजनामा सञ्चालित १४ किलोमिटर साईक्लिंग प्रतिस्पर्धामा महिला तर्फ सुधा राई च्याम्पियन बनेकी छन् । उनले दुरीलाई एक घण्टा १७ मिनेटमा पुरा गर्दै नगद ७ हजार पुरस्कार राशी जितिन् । दोस्रो स्थानमा अनिता राई एक घण्टा २४ मिनेटमा पुरा गर्दै ५ हजार जितिन् । तेस्रो स्थानमा भने विष्णु सुनार एक घण्टा ३० मिनेटमा पुरा गरेर ३ हजार रुपैयाँ प्राप्त गरिन् ।

पुरुष तर्फको प्रतिस्पर्धामा भने हिक्मत विश्वकर्मा प्रथम स्थान हासिल गरे । उनले दुरीलाई ४७ मिनेटमा पुरा गरेका थिए । माटेपानीस्थित एसआर केसी क्याटरिगंबाट शुरु भएको साईक्लिंग रेस कार्की डाडाँहुदैं तल झरेर भलामको र्याले चौरमा पुगेर टुंगिएको थियो । प्रतिस्पर्धामा सन्दीप सुन्दालीले दोस्रो स्थानमा चिक्त बुझाए । उनले ४८ मिनेट ११ सेकेण्डमा पुरा गरे । तेस्रो स्थानमा भने रमेश तमरु रहेका छन् । उनले ५२ मिनेटमा पुरा गरे । उनीहरुले क्रमश ७, ५ र ३ हजार रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गरे । उनीहरुलाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुंगले पुरस्कार प्रदान गरेका थिए ।

संघले गएको शनिबार टुर दी पोखरा समेत आयोजना गर्यो । थोपा थोपा इन्धन जोगाऔं भन्ने अभिप्रायले बातावरण प्रदुषण घटाउँदै स्वास्थ्य प्रतिको सजगकताको लागि वर्षेनी टुर दी पोखरा आयोजना गर्दै आएको संघका अध्यक्ष शंकर भण्डारीले बताए । टुर दी पोखरामा सहभागि साईक्लिष्टले ३५ किलोमिटरको दुरी पुरा गरेका थिए । उदघाटन बरिष्ठ कलाकार हरिवंश आचार्यले गरेका थिए ।