२० औं संस्करणको सुर्य नेपाल वेष्टर्न ओपन जनवरी दोस्रोसाता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष १८ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-सुर्य नेपालको मुख्य प्रायोजनामा सञ्चालित सुर्य नेपाल वेष्टर्न ओपन गल्फ टुर्नामेन्ट पोखरामा आगामी जनवरीको दोस्रो सातादेखि शुरु हुने छ । पोखराको हिमालयन गल्फ कोर्षमा आगामी जनवरीको १२ देखि १५ तारिखसम्म वेष्टर्न ओपन टुर्नामेन्ट गरिने मिति तय गरिएको छ ।

नेपालका शीर्ष बरियताका हिमालयन गल्फ कोर्षका रेकर्डधारी गल्फर शिवराम श्रेष्ठदेखि गत वर्षका विजेता आर्मी गल्फ क्लबका धनबहादुर थापा, सन्जय लामा, पशुपति शर्मादेखि दिपक न्यौपाने लगायतका गल्फरले प्रतिस्पर्धा गर्ने छन् । उनीहरु सबै वेष्र्टन ओपनका च्याम्पियन समेत हुन् ।

२० औं सस्करणसम्म आईपुग्दा दश गल्फरले उपाधि आफनो नाममा लेखाईसकेका छन् । किर्तिमानीसहित शिवराम श्रेष्ठले पाँच पटक उपाधि उचालिसकेका छन् । दिपक थापा मगर, दिपक न्यौपाने , सन्जय लामा र धनबहादुर थापाले दुई÷दुई पटक जितिसकेका छन् । १९ औं सस्करण सन्जय लामाले जितेका थिए । रमेश नगरकोटी, पशुपति शर्मा, मणि राई, रवि खड्का, सन्जय लामा र भुवन नगरकोटीको नाममा समेत एक पटक उपाधि लेखिसकेको छ ।

पोखरा, काठमाडौं, धरान लगायतका गल्फरहरुले सहभागिता जनाउने छन् । १ लाख २० हजार पुरस्कार राशीको हो । अहिले पुरस्कार राशी बढ्ने विषयमा केही खुलाईएको छैन् । हिमालयन गल्फ कोर्षका व्यवस्थापक भुवन गुरुङका अनुसार उत्कृष्ट २० भित्र पर्ने खेलाडीले नगद पुरस्कार पाउने छन् ।

सुर्य नेपालको आयोजनामा वर्षेनी वेष्टर्न ओपन, इष्टर्न ओपन र सेन्ट्रल ओपन गल्फ प्रतियोगिता हुदैं आएको छ । हिमालयन गल्फ कोर्षमा सन २०१६ मा शिवराम श्रेष्ठको किर्तिमानी छ । उनले ९ अण्डर २०१ खेलेका थिए । file pic

सुर्य नेपाल वेष्टर्न ओपन गल्फ विजेता गल्फरहरु
१) रमेश नगरकोटी– सन १९९९/२००२
२) दिपक थापा मगर–२०००/२००३
३) पशुपति शर्मा–२००१
४) दिपक न्यौपाने–२००४/२००६
५) शिवराम श्रेष्ठ–२००५/२०११/२०१२/२०१३/२०१६
६)मणि राई–२००८
७) रबि खड्का–२००९
८) सन्जय लामा–२०१०/२०१८
९) भुवन नगरकोटी–२०१४
१०) धनबहादुर थापा–२०१५/२०१७