‘ल्होछार घलेल उत्सव, भलिबलको उपाधि धम्पुसलाई

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष २१ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज) –कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ घलेलमा आयोजित ‘२१ औं ल्होछार घलेल उत्सव २०७६’ गाउँ स्तरिय पुरुष भलिबल तर्फको उपाधि धम्पुसले जितेको छ । घलेल स्थित खेल मैदानमा फाईनल खेलमा मिलन युवा क्लब धम्पुुसले जुरे भुमी युवा क्लब तप्राङलाई पराजित गर्दै उपाधि जितेको हो । फाईनल खेलमा मिलन युवा क्लब धम्पुुसले जुरे भुमी युवा क्लब तप्राङलाई २५–२०, २५–२१ र २५–२२ को सोझो सेटले पराजित गर्याे ।

उपाधि सँगै धम्पुसले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ७० हजार प्राप्त गर्याे भने उपबिजेता बनेको तप्राङले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ४० हजारमा चित्त बुझायो । त्यस्तै मर्दी हिमाल क्लब सिँधिङलाई २५–१३, २५–१७ को सेटले पराजित गर्दै तृतीय बनेको अन्नपुर्ण युवा क्लबलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २५ हजार प्रदान गरेको क्लबका सदस्य झक गुरुङले बताए । कुल ३० टिमको सहभागिता रहेको उक्त प्रतियोगिताबाट सर्बाेत्कृष्ट खेलाडीका रुपमा मिलन युवा क्लबका मनोज खड्का घोषित भए ।