सुदुर पश्चिमसँग गण्डकी प्रदेशको लज्जास्पद हार

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष २७ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)– दोस्रो जितसँगै सुदुरपश्चिम प्रदेशले मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा सेमीफाईनल सम्भव बनाउँदा पहिलो खेलबाटै गण्डकी प्रदेश भने बाहिरिएको छ । आईतबार सुदुरपश्चिमसँगको प्रतिस्पर्धामा कमजोर प्रदर्शनसँगै लज्जास्पद हार व्यहोर्दै पोखरा फर्किने तयारी गर्यो । अब अन्तिम खेल मलेसिया ११ सित मंगलबार प्रतिष्ठाको लागि खेल्ने छ ।

सुदुर पश्चिमका विनोद लामाको उत्कृष्ठ बलिंग सामु गण्डकी प्रदेशका खेलाडी सस्तैमा पवेलियनको बाटो समाए । ९ व्याट्सम्यानले दोहोरो अंकको रनबाट चुके । किशोर महतोले मात्रै १७ रन बनाए । जुन गण्डकी प्रदेशको लागि सर्वाधिक रन स्कोर बन्न पुग्यो । लामाले ९.३ ओभर बलिंग गर्ने क्रममा दुई मेडन राख्दै सर्वाधिक ७ विकेट लिए । उनले १४ रन मात्रै खर्चिएका थिए । टस जितेर व्याटिंग गरेको गण्डकी प्रदेशले ४७ ओभरको खेलमा ६४ रन बनाउँदा सबै विकेट गुमाउन पुग्यो । शेर मल्लको नाममा दुई विकेट लेखियो ।

६५ रनको लक्ष्य पछ्याएको सुदुर पश्चिमले १ विकेटको क्षतिमा केवल १०.२ ओभर खेल्दै लक्ष्य पुरा गर्यो । गजेन्द्र बोहोराले ३४ रनको योगदान दिदैं आउट भए । उनको महत्वपूर्ण शुरुवातसँगै खडक बोहोरा र अरुण ऐरीले समान १६ र १० रनमा आविजित रहँदै जित निकाले । जितसँगै सुदुर पश्चिम सेमीफाईनल ढुक्क हुन पुग्यो ।