माघ ६ गतेदेखि एट ए साईड फुटबल प्रतियोगिता, पुरस्कार राशीमा बृद्धि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २ गते २०७६ मा प्रकाशित


पोखरा (खेलाडी न्युज)-राष्ट्रिय खेलकुद परिषदबाट १५ लाख रुपैयाँको बजेटबाट पोखराको पुरानो टुडिखेलको मैदान तारबारले घेरिएको छ । तारबारले मैदान सुरक्षित छ । लामो समय संरक्षणविहीनकै अवस्थामा रहेको मैदानलाई तारबारले घेरेपछि व्यवस्थित बनेको छ । त्यही मैदानमा पोखराको बगरभाइखलकले नवौं संस्करणको एट ए साईड फुटबल प्रतियोगिता आयोजना गर्दै छ । रन्जित गुरुगुरुङको स्मृतिमा आयोजित यो तेस्रो प्रतियोगिता हो ।

उमेर समूह बीच फुटबल प्रतिस्पर्धाको शुरुवात गरेको बगरभाइखलकले यो संस्करणमा पनि ४० देखि ६५ वर्ष उमेरसमूहको प्रतिस्पर्धा गराउने तयारी गरेको छ । प्रतियोगिता यही माघ ६ गतेदेखि ११ गतेसम्म राष्ट्रिय उच्चमाविको खेल मैदान, पुरानो टुंडिखेलमा सञ्चालन हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए । प्रतियोगितामा २६ वटा टिमले प्रतिस्पर्धा गर्नेछन् । कास्की बाहिरका १९ टिमको सहभागिता रहने छ । भरतको कोलकाता र सिलिगुढीको कञ्चनजंघा एफसी दुई विदेशी टिमको प्रतियोगितामा सहभागिता रहने बगरभाइखलकले जनाएको छ ।

यस वर्षदेखि प्रयितयोगिताको पुरस्कार राशीमा समेत बृद्धि गरिएको छ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ र साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र पुरस्कार पाउने उनले बताए । सेमिफाइनलिष्ट ४ टिमले समान १०र१० हजार पाउनेछन् । उत्कृष्ट खेलाडीले समेत १० हजार सहित ट्रफी पुरसकार पाउनेछ । उत्कृष्ट बिधागत रुपमा गोलकीपर, डिफेन्डर, मिडफिल्डर र स्ट्राइकरले समान ५र५ हजार सहित ट्रफी पाउनेछन् । अनुुुशासित टोलीलाई र प्रतियोगितामा सहभागी सबैभन्दा ज्येष्ठ खेलाडीलाई विशेष पुरस्कारबाटबा सम्मानित गरिने छ । प्रतियोगिताको उद्घाटन समारोहको अवसरमा नेपाल भुतपुर्व खेलाडी मन्चका पुर्व अध्यक्ष खड्कबहादुर रानाभाटलाई दोसल्लासहित ताम्रपत्रद्वारा सम्मान गरिने छ । pic by sudarshan ranjit