सन्दीप शतक विकेट नजिक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ५ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-नेपाली स्पीनर(लेगब्रेक गुगली) सन्दीप लामिछानेले अन्तराष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा शतक विकेट नजिक पुगेका छन् । उनले विभिन्न ७१ खेलमा ९६ विकेट लिईसकेका छन् । लामिछानेले अन्तराष्ट्रिय टी–२० को ७१ इनिङ्स खेल खेल्दै ९६ विकेट लिएका छन् । उनको उत्कृष्ठ स्पेल भने ४/१० हो । ७१ खेलमा उनले १५२५ बल फाल्दै १७७९ रन खर्चिएका छन् ।

प्राप्त सूचना अनुसार उनले ६ एकदिवसीय खेल खेलेका छन् । १८ वटा टि–२० प्रतियोगितामा आफनो बलिङ स्पेल देखाईसकेका छन् । फष्ट क्लास क्रिकेट उनले १ मात्रै खेलेका छन् । लिष्ट एमा उनले २७ खेल खेलेको तथ्यांक छ । अन्तराष्ट्रिय टी–२० मा ७१ खेल छ । एकदिवसीयमा १५, टि–२० मा २८, फष्ट क्लासमा ३ र लिष्ट एमा ५७ विकेट लिएका हुन् । अन्तराष्ट्रिय टी–२० मा भने ९६ विकेट छ ।

उनको एकदिवसीयमा १४.८० को औषतले ४.१७ इकोनोमी छ । टी–२० मा उनको औषत १५.६७ छ भने इकोनोमी ६.८५ छ । त्यसैगरी फष्ट क्लासमा उनको औषत ४४.६६ रहेको छ । भने इकोनोमी ३.७२ छ । लिष्ट एमा उनको औषत १७.०८ छ । इकोनोमी ४.०७ छ । अन्तराष्ट्रिय टी–२० मा भने उनको औषत १८.५३ छ भने इकोनोमी ६.९९ छ ।
लामिछानेले एकदिवसीय ६ खेलमा ४० रन बनाएका छन् । टी–२० मा १८ खेल खेल्ने क्रममा २३ रन छ । त्यसैगरी फष्ट क्लासमा १ मा ६४ रन छ । जसमा सर्वाधिक नटआउट ३९ हिर्काएका छन् । त्यसैगरी लिष्ट एमा २७ खेलमा १६ इनिङ्स खेल्ने क्रममा ७६ रन बनाएका छन् । अन्तराष्ट्रिय टी–२० मा ७१ म्याचमा २१ इनिङ्स खेलेका छन् । जसमा ५७ रन उनको खातामा लेखिएको थियो ।

२० वर्षिय लामिछानेले २०१८, अगष्ट १ मा नेदरल्याण्ड विरुद्ध एक दिवसीय खेलमा डेब्यु गरेका हुन् । उनको पछिल्लो एकदिवसीय खेल भने संयुक्त अरब इमिरेट्स(युएई)सँग दुबईमा जनवरी २८ २०१९ मा खेलेका थिए । उनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य हुन । लामिछानेले आईपिएलमा दिल्ली क्यापिटल्स, आईसिसी विश्व ११, केरला नाईट्स, कोउलन कान्टोन्स, लाहोर क्वालान्डर्स, ललितपुर प्याट्रिओट्स, मेलवर्न स्टार्स, मोन्ट्रियल टाईगर्स, नानगार्हर लियोपार्ड, नेपाल यु–१९, एसटी किट्स एण्ड नेभिस प्याट्रिओट्स, टोरोन्टो नेसनल्स लगायतका टिमबाट खेलिसकेका छन् । file pic