पुलिस अन्तिम चारमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ६ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)- नेपाल भलिबल संघको आयोजनामा पाँचौ आरबिबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० मा नेपाल पुलिस क्लब महिला तर्फ सोमबार सेमिफाईनलमा प्रवेश गर्न सफल भएको छ । पुलिसले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–५, २५–१५, २५–८ ले पराजित गर्दै सेमिमा स्थान पक्का गरेको हो । होङ्गवान्जी न्यू डायमन्डसंग ३–२ ले पराजित पुलिसले १ अंक जोडेको थियो भने ढोरपाटनलाई पराजित गर्दै थप ३ अंकका साथ कुल ४ अंक बटुल्न सफल भयो । समूह बिजेता र उपबिजेताको टुङ्गगो भने होङ्गवान्जी न्यू डायमन्ड र ढोरपाटन स्पोर्टस क्लब बिचको नतिजाबाट हुनेछ ।

महिलाको अर्को खेलमा समूह चरण बाट बाहिरी सकेका भरतपुर मेट्रो खेलकुद परिषद् (बिएमसी) र जावलाखेल भलिबल ट्रेनिङ्ग सेन्टर (जेभिसी) विचको खेलमा बिएमसी बिजयी भयो । बिएमसीले जेभिसीलाई २५–८, २५–९, २५–१५ ले पराजित ग¥यो ।

राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको च्याम्पियनसिपमा सेनाको त्रिभुवन आर्मी क्लब (टिएसी) ग्रुप ए मा समूह बिजेता बन्दै अन्तिम आठमा पुग्न सफल भएको छ । टिएसीले सोमबार नयाँबजार सामाजिक युवा क्लब (एनवाईसी)लाई २५–१५, २५–१७, २५–१७ को सोझो सेटमा पराजित ग¥यो । टिएसीले दुई खेलबाट ६ अंक जोड्न सफल भयो । टिएसी संग पराजित भएतामा पनि एनवाईसी एक जितका साथ समूह उपबिजेताका रुपमा क्वाटरफाईनल प्रवेश गर्न सफल भयो । समूह ए बाट आरजी भलिबल ग्रुप भने दुवै खेलमा पराजित हुँदै समूह चरणबाट बाहिरिएको छ ।

ग्रुप बिको अर्को खेलमा भने बुलबुले रारा क्लब (बिआरसी)ले जावलाखेल भलिबल ट्रेनिङ्ग सेन्टर (जेभिसी)लाई २५–१५, २५–२१, २५–१० ले पराजित गर्दै ३ अंक बटुल्न सफल भयो । मंगलबारको खेल बिहान पहिलो खेल पुरुष तर्फ एपिएफ र जेभिसी, दोश्रो खेल एनपिसी र एमभिसी तथा महिला तर्फको पहिलो खेल एपिएफ र टिएसी र दोश्रो खेल एचएनडी र डिएससी विच हुने कार्यक्रम रहेको छ ।