पोखरा महोत्सवमा बुद्धिचाल प्रतियोगिता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ७ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)- एकातिर महोत्सवको रौनक चलिरहेको छ । अर्कोतिर भने खेलाडीहरु ध्यान केन्द्रीत गर्दै गोटी चाल्न व्यस्त । युनाईटेड क्लबको आयोजना र कास्की जिल्ला बुद्धिचाल संघको सह आयोजनामा पोखराको अमरसिंह माविको प्रांगणमा बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । दशौ पोखरा महोत्सवको अवसरमा आयोजित उक्त प्रतियोगितामा ३० जना खेलाडीहरुको सहभागि छन् । ११ जना खेलाडी प्रतियोगिताको दोश्रो चरणमा प्रवेश गरेका छन ।
प्रतियोगितामा लोकबहादुर थापा, पुजा भण्डारी, सागर शाही, महेश्वर अधिकारी र कृष्ण थापा दुई अंकसहित दोस्रो चरणमा पुग्दा रामबहादुर क्षेत्री, अनिल कोइराला, बुद्धिराज शर्मा, विश्व पराजुली, एकराज अधिकारी, युवराज भण्डारीले एक अंकमा खेलिरहेका छन् । उनीहरु पनि दोश्रो चरणमा पुगेका छन् ।

सिनियर राष्ट्रिय आर्विटर (रेफ्री) श्याम सुन्दर ताम्राकार र राष्ट्रिय आर्विटर ९रेफ्री० नरेन्द्र रानाभाटले प्रतियोगितामा रेफ्रीको भुमिका निर्वाह गरेका थिए । युनाईटेड क्लवका अध्यक्ष लालकाजी गुरुङले पोखरा महोत्सवको आयोजना गरी पोखरामा सामाजिक काम गर्दै आइरहेको बताए । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माण र सेती नदी संरक्षणमा कामप्रति बढी लक्षित भएको उल्लेख गर्दै उनले बुद्धिचाल प्रचियोगितासँगै आगामी दिनमा पनि खेलकुदको क्षेत्रमा क्लवले निरन्तर काम गर्ने प्रतिबद्धता जनाए । कस्की जिल्ला बुद्धिचाल संघका उपाध्यक्ष सुनिलबहादुर कोइरालाले निकट भविश्यमा युनाईटेड क्लव संग सहकार्य गरी बुद्धिचाल प्रतियोगिता संगै कास्की जिल्लाबाट प्रतिनिधित्व हुने गरी बुद्धिचालका खेलाडि उत्पादन गरी अगाडि वढ्ने वताए ।

प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछभने दोश्रो र तेश्रो हुनेले नगद १५ हजार र दश हजार सहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन । प्रतियोगितामा चौथो स्थान हासिल गर्नेले नगद ३ हजार प्रमाणपत्र र मेडल, पांचौ स्थान हासिल गर्नेले २ हजार नगद, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछनभने टप टेन भित्र पर्ने बांकी ५ जनालाई जनही १ हजार, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछन ।