बुद्धिचाल प्रतियोगितामा अनिल र कृष्णको अग्रता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ७ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज) -अनिल कोइराला र कृष्ण थापाले समान ३.५ अंक सहित पोखरामा आयोजित राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा अग्रता लिएका छन । युनाईटेड क्लव र कास्की जिल्ला बुद्धिचाल संघको आयोजनामा सोमबारदेखि पोखराको अमरसिंह माविको पुस्तकालयमा आयोजित बुद्धिचाल प्रतियोगिताको दोश्रो चरणको खेलमा अनिल कोइराला र कृष्ण थापा समान ३.५ अंक सहित शीर्षस्थानमा छन् ।

महेश्वर अधिकारी, सागर शाही, विश्व पराजुली, विनोद नाल्मी, युवराज भण्डारी, विर बहादुर परियार समान ३ अंक प्राप्त गरेका छन् । वुद्धिराज शर्मा, पुजा भण्डारी, राम बहादुर क्षेत्री, पन्चराम गुरुङ, चन्द्र बहादुर गुरुङ र मनोज ठकुरीले समान २.५ अंक प्राप्त गरेका छन् । फाईनल खेल भोलि बुधबार हुने छ ।

उक्त प्रतियोगितामा सिनियर राष्ट्रिय आर्विटर (रेफ्री) श्याम सुन्दर ताम्राकार र आजीवन सदस्य एवं राष्ट्रिय आर्विटर (रेफ्री) नरेन्द्र रानाभाटले रेफ्रीको भुमिका निर्वाह गरेका छन । प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछभने दोश्रो र तेश्रो हुनेले नगद १५ हजार र दश हजार सहित प्रमाणपत्र र पदक प्राप्त गर्नेछन । प्रतियोगितामा चौथो स्थान हासिल गर्नेले नगद ३ हजार प्रमाणपत्र र मेडल, पांचौ स्थान हासिल गर्नेले २ हजार नगद, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछनभने टप टेन भित्र पर्ने बांकी ५ जनालाई जनही १ हजार, प्रमाण पत्र र पदक प्राप्त गर्नेछन ।