प्रहरीमा उजुरी दिए-एन्फा कास्की अध्यक्ष ,गल्ती गर्नेलाई माला लगाईदिनुपर्ने हो र- गण्डकी प्रदेश सदस्य

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ८ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले कानूनी उपचार खोज्ने क्रममा बुधबार जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएका छन् । मंगलबार गण्डकी प्रदेश लिग मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उदघाटन समारोहमा सार्वजनिक स्थलमा गाली गलौज र कुटपिट गरेको भन्दै अध्यक्ष गुरुङले गण्डकी प्रदेश सदस्य राजीव गुरुङ दिपक मनाङ्गे विरुद्ध प्रहरी समक्ष जिउधनको सुरक्षाको माग उजुरी दिएका हुन् ।

उजुरीमा सार्वजनिक स्थलमा अभद्रपूर्ण व्यवहार गरेको कार्य मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ विपरितको कसुर हुदाँ निजलाई चाडो पक्राउ गरी प्रचलित कानून अनुसार हदैसम्मको सजाय गरी पाउँ भन्ने उल्लेख छ । अध्यक्ष गुरुङले बुधबार पत्रकार सम्मेलन नै गरेर सार्वजनिक ठाँउमा गाली गलौज र मुक्का प्रहार गरेको भन्दै जिउधनको सुरक्षाको लागि जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको हुँ । ’ उनले सार्वजनिक ठाउँमा गाली गलौज गर्दै मुक्का हान्दा आफुले भने संयमता अपनाएको दावी गरे । ‘मैले संयमता अपनाए । प्रदेश सदस्यको हैसियतलाई मर्यादा गरे ।’ उनले भने । उनले गण्डकी प्रदेशको इज्जत जोगाउन आफु संयम बनेको जिकिर गरे ।

उता गण्डकी प्रदेश सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङ्गेले बुधबार पत्रकार सम्मेलनमा मुख्यमन्त्रीले झापड हान्नुपर्ने हो मैले पो हाने भन्दै थपे बदनामी मुख्यमन्त्रीको हुने हो । यसरी मनपरी गर्न मिल्छ । उनले भने, ‘मनकामना केवलकार कपमा कति बदमासी गरेको छ । अहिले पनि पैसा ल्याएर खाएको छ । यसो गर्न मिल्छ रु पत्रकारहरुले छानवीन गर्नुपर्छ ।’ ठगी गर्नेलाई माला लगाउन नसक्ने उनले बताए ।

‘गल्ती गरेको छ अनि मैले माला लगाईदिनुपर्ने हो मलाई ठीक लाग्यो गरें । तपाईंलाई नराम्रो लागे सोही अनुसार लेख्नुस् न,’ सांसदले यस्तो गर्न हुन्छ त भन्ने पत्रकारको प्रश्नमा उनको जवाफ छ, ‘यस्ता गल्ती गर्नेको सजाएँ प्रहरीमा हुँदैन । के उजुरी हाल्ने रु त्यसैले झापड हानेको हुँ ।’