मुख्यमन्त्री कपमा गैडाकोट, त्रिवेणी र भीमादको जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ८ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पोखरा-२९ लेखनाथ भण्डारढीकमा आयोजित गण्डकी प्रदेश लिग मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा नवलपुरको गैडाकोटले स्यांङजाको होराईन क्लबलाई पराजित गर्दा मनांङको डाँफे क्लबलाई लमजुङको त्रिवेणी क्लबले पराजित गरेको छ । बुधबारको अन्तिम खेलमा भने बाग्लुङ फुटबल क्लबमाथि तनहुँको भीमाद क्लबले जितको खुशीयाली मनायो ।

गैडाकोटले होराईजन क्लबलाई ३-१ गोलले पराजित गरेको थियो । ४ मिनेट भित्र तीन गर्दै जित सुनिश्चित बनाउँदा होराईजनले भने सात्वना गोल ४१ औं मिनेटमा फर्काएको थियो । सुरेन्द्र गुरुङको १३ र १५ मिनेटमा दुई गोल गर्दा अग्रता भने कुशलप्रताप गुरुङले ११ औं मिनेटमा दिलाएका थिए । सान्त्वना गोल भने ४१ औं मिनेटमा सफल थापाले फर्काएका थिए ।

दोस्रो खेलमा त्रिवेणी क्लबले डाँफे क्लब मनाङलाई २-१ गोलले पराजित गरेको हो । पाँचौ मिनेटमा आशिक गुरुङले गोल गर्दै अग्रता दिलाउँदा ३३ औं मिनेटमा युजल शाहीले गोल थप्दै जित पक्का बनाए । ५७ औं मिनेटमा करण गुरुङले प्रतिस्पर्धात्मक गोल फर्काएपनि बराबर गर्दै अंक बाड्ने सम्भावना भने न्यून रह्यो । अन्तिम खेलमा भीमादले बाग्लङमाथि १-० गोलको नजिता निकालेको थियो ।