वेष्ट इण्डिजका डायने स्मिथ भैरहवामा आवद्ध

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ११ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)- नजिकिदैं गएको एभरेष्ट प्रिमियर लिगको लागि भैरहवा ग्लाडियटर्समा वेष्ट इण्डिजका खेलाडी डायने स्मिथ आवद्ध भएका छन् । उनले एपिएल खेल्न भैरहवासँग अनुबन्धीत भएका हुन् । नेपाल पर्यटन वर्ष २०२० चलिरहेको अवस्थामा वैदेशिक खेलाडीको संलग्नताले खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन हुने विश्वास र अपेक्षा गरिएको छ ।

१९८३ मा जन्मिएका दायाँहाते व्याट्सम्यान स्मिथले आफनो क्रिकेट करियर भने बार्बडोसबाट शुरु गरेका हुन् । उनले यहाँ तीन सिजन पुरा गरेका थिए ।उनी मिडियम पेस बलर हुन् । उनले आईपिएलबाट टी–२० भने भारतको चेन्नई सुपरकिग्स, मुम्बई इण्डियन्स र डेक्कन चाजर्सबाट खेलिसकेका छन् । उनले भैरहवासँग आवद्ध हुदैै मैले नेपालको बारेमा सुनेको छु र भौगोलिक सुन्दरता पनि । म प्रतिक्षामा छु कि मैदानमा खेलाडीसँग भेट्न ।