विश्वकप लिग २ मा ओमानद्वारा नेपाललाई १९८ रनको चुनौति

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २२ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)- ओमानले पुरुष क्रिकेट विश्वकप लिग -२ को पहिलो खेलमा नेपाललाई १९८ रनको चुनौति पेश गरेको छ । टस हारेर व्याटिंग गरेको ओमान त्रिकोणात्मक सिरिज अन्तर्गत ९ विकेटको क्षतिमा १९७ रनको योगफल तयार पार्यो ।

मोहम्मद नादिमको अर्धशतकीय प्रेरित खेलमा ओमानले नेपाली स्पीन सामु खुलेरै खेल्न भने सकेनन् । नटआउट रहँदै ९६ बल खेल्ने क्रममा नादिमले ६९ रनको महत्वपूर्ण योगदान गरे । पाँच चौका र दुई छक्का हिर्काउँदै नेपाली बलरलाई दबावमा राखे । उनले छैटौ विकेटको लागि सन्दीप गौडसँग ६० रनको साझेदारी निभाए । गौडले ३३ रनको योगदान गरे । उनले ७२ बल खेल्ने क्रममा ३ चौका र १ छक्का ठोके ।

नसिम खुशीले २८(१८), जिसान मक्सद २०(४०) र अकिम आयस १६(३४) रन बनाए । नेपाल बलर करण केसीले ४ विकेट लिने क्रममा ९ ओभर फाल्दै १ मेडन राख्ने क्रममा ४७ रन खर्चिए । त्यसैगरी सुशान भारीले डेब्युमै १० ओभर फाल्दै १ मेडन राखेर ३ विकेट लिन केवल १४ रन मात्रै दिए । सन्दीप लामिछानेले भने विकेट लिन सकेनन् । उनले पनि १० ओभर बलिंग गर्ने क्रममा एक मेडन राखे । file pic