ओमानद्वारा नेपाल १८ रनले पराजित,सुध्रिएन नेपालको व्याटिंग

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २२ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-विश्वकप लिग २ अन्तर्गत नेपाल ओमानसँग १८ रनले पराजित भएको छ । घरेलु मैदानमा निकै उत्साहरुपमा मैदान उत्रिएको नेपालको फेरी एकपटक व्याटिगं चल्नै सकेन् । बलरकै भरमा क्रिकेटको नजितामा भरपर्नुपर्ने अवस्था बुधबार एक दिवसीय त्रिकोणात्मक सिरिजको पहिलो खेल दोहोरिन पुग्यो ।

शरद भेषवाकरले अर्धशतकीय पारी खेल्दै उकास्ने प्रयास गरेपनि अन्य भरपर्दा व्याट्सम्यान सस्तैमा पवेलियन फर्किए । कप्तान ज्ञानेन्द्र मल्ल एक रनमै ३० यार्डभित्रै पावर प्लेमा आउट भए । उनी लगत्तै पारस खड्का पनि ३ रनमै आउट भएपछि नेपाल दबावमा रह्यो । भेषवाकरले ५५ रनको महत्वपूर्ण इनिंग्स खेलेपछि जितसम्म डोहोर्याउन भने सकेनन् । उनलाई दिपेन्द्रसिंह ऐरी, विकेट किपर विनोद भण्डारी तथा सन्दीप लामिछानेले साझेदारी निभाउने प्रयास भने नगरेका होईनन् । ऐरीले ३६ रनमा आउट भए । भण्डारी पनि २६ रनमा बनाउने क्रममा क्रिज छोड्न पुगे । सन्दीप लामिछानेले पनि जितको आधार तयार पार्ने तर्फ महत्वपूर्ण २८ रनको इनिंग खेले । तर पनि जितको सम्भावनाबाट धेरै टाढा रह्यो ।

ओमानले १९८ रनको चुनौति पेश गरेको थियो । करण केसी र रोहितकुमार पौडेले डक आउट भए । जसिन मक्सदले १० ओभरमा ३ मेडन राखे । ३० रन दिएर ३ विकेट लिए । ४६.५ ओभर बलिंग गर्ने क्रममा ओमानले कुल ९ मेडन राख्यो । नेपाल १७९ रनमा समेटिदैं हार स्वीकार्यो । टस हारेर व्याटिंगमा उत्रिएको ओमानले मोहम्मद नादिमको ६९ रनको महत्वपूर्ण नटआउट योगदानमा १९७ रनको स्कोर बनाएको थियो । सन्दीप गौडले ३३ र नासिम खुशीले २८ रन हिर्काए । नेपाली बलर सुशान भारीले १० ओभरमा एक मेडन राख्नदै १४ रन दिएर ३ विकेट लिए । सन्दीप लामिछानेले भने घरेलुमैदानमा विकेट विहीन भए । ओमानमा मोहम्मद नादिम म्यान अफ दि म्याच घोषित भए । file pic