फागुनमा पोखरामा सहाना प्रधानस्मृति महिला हक्की, पुरुष हक्कीमा गण्डकी प्रदेश उपविजेता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २५ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पोखरामा आगामाी फागुनको तेस्रो साता महिला हक्की प्रतियोगिता आयोजना हुदैं छ । कास्की जिल्ला हक्की संघको स्थानीय व्यवस्थापनमा नेपाल हक्की संघको आयोजनामा फागुन तेस्रो साता दोस्रो सस्करणको सहारा प्रधान स्मृति महिला हक्की राष्ट्रिय हक्की प्रतियोगिता आयोजनाको तयारी गरिएको नेपाल हक्की संघका केन्द्रीय उपाध्यक्ष हिमाल खड्काले जानकारी दिए ।

उनले फागुनको १४ गतेदेखि आयोजना गर्ने आन्तरिक गृहकार्य समेत गरिएको बताए । यद्यपी मिति ठ्याक्कै नभएपनि फागुनभित्रमा आयोजना गरिने सम्भावना रहेको जिकिर गरे । प्रतियोगितामा सातै प्रदेश र विभागीय टोलीको सहभागिता रहने छ । केही दिन अघि मात्रै पूर्वको विराटनगरमा आयोजित दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष हक्की प्रतियोगितामा गण्डकी प्रदेश उपविजेता बन्दै फर्किएको छ । उपाधि भने प्रदेश ५ ले जितेको छ ।

नेपाल हक्की संघको आयोजनामा फाइनलमा गण्डकी प्रदेशलाइ हराउँदै उपाधी जितेको हो । प्रदेश् ५ ले टाइबेकरमा ५-३ गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो । उपाधीसंगै प्रदेश ५ ले ५० हजार शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको गण्डकीले २५ हजार मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

निकै प्रतिस्पर्धात्मक फाइनल खेलको अन्तिम २ मिनेटमा गण्डकी प्रदेश संम्हालीन नसक्दा दोस्रो स्थानमा चित्त बुझाउन’ पर्यो । निर्धारित ६० मिनेटको समयमा १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । नेपाल आर्मी र सुदुर पश्चिम प्रदेश बीचको तेस्रो स्थानको लागी भएको खेलमा नेपाल आर्मीले तश्रो स्थान प्राप्त गर्दै नगद १५ हजार मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।