मल्लको डेब्युमै विश्वकिर्तिमान, अमेरिका ३५ रनले पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २५ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले त्रिकोणात्मक एक दिवसीय सिरिज अन्तर्गत शनिबार अमेरिकालाई ३५ रनले पराजित गर्दै पहिलो जित निकाल्दा एकदिवसियमा डेब्यु गरेका कुशल मल्लले विश्वकिर्तिमान राखेका छन् । मल्लले अमेरिकासितको खेलमा डेब्यु गर्दै अर्धशतकीय पारी खेल्दै विश्व किर्तिमान कायम गरेका हुन् । उनले ५१ बलमा ५० रन पुरा गर्ने क्रममा उनको उमेर १५ वर्ष २ सय ४० दिन मात्रै रहेको छ । यसअघि नेपालकै रोहितकुमार पौडेलले किर्तिमानी कायम गरेका थिए । पौडेलले भारतीय क्रिकेट सचिव तेन्दुलकरको रेकर्ड तोडेका हुन् ।

करण केसी र सुशान भारीले क्रमश ४ र ३ विकेट लिदैं अमेरिकाको व्याटिंग ध्वस्त पारेपछि १९० रनको लक्ष्य पछ्याएको पाहुना टोली १५५ रनमै समेटिन पुग्यो । करणले ७.१ ओभरमा १ मेडन राख्दै १५ रन दिएर ४ विकेट लिए । मल्लले पनि १० ओभरमा एक मेडन राख्दै ४३ रन दिएर ३ विकेट लिएका थिए । आयान हल्याण्डले ७५ रनको इनिंग्स खेल्दै जित तर्फ डोहोर्याएपनि सम्भव भने हुन सकेन् । उनले १११ बल खेल्दै क्रिजमा टिकिरहदाँ करण केसीले विकेट किपर विनोद भण्डारीको हातबाट क्याच आउट गराएपछि अमेरिकाको जित्ने सम्भावना कमजोर बनेको थियो । क्यामरुन स्टेभेन्सनले १९ रन बनाए ।

टस हारेर व्याटिंगमा उत्रिएको नेपालले कुशल मल्ल र विनोद भण्डारीको अर्धशतकीय पारीमा नेपालले १९० रनको योगफल तयार पारेको थियो । मल्लले ५१ बलमा अर्धशतक पुरा गर्दै चार चौका र तीन छक्का हिर्काए । विनोद भण्डारीले ५९ रनको योगदान दिने क्रममा ७९ बल खेल्दै ६ चौका र १ चौका हिर्काएका थिए । पहिलो विकेटको रुपमा ३ रनमै सुवास खकुरेललाई गुमाएपछि ज्ञानेन्द्र मल्लले २१ रन बनाए । पारस खड्काले १९ रन बनाए । करण केसीले १२ रन बनाउँदा सुशान भारीले ११ रन हिर्काए । स्टेभेन्सले ३ विकेट लिएका थिए ।