सहारा एकेडेमीको अक्षयकोषमा यू.के., वेल्जियम र हङकङबाट सहयोग

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २५ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पोखराकोे सहारा एकेडेमीको अक्षयकोषमा यू.के., वेल्जियम र हङकङबाट सहयोग प्राप्त भएको छ । सहारा क्लवका शुभेच्छुकहरुले शनिबार पोखरा १७ दोविल्लामा रहेको सहारा एकेडेमी अवलोकन गर्दै विभिन्न क्लवलाई १ लाख २० हजार रुपैया अक्षयकोषको लागि सहयोग रकम हस्तान्तरण गरेका हुन्।

टोलीले थप २० हजार रुपैया भने सहारा एकेडेमीका बालकहरुको लागि खाजा खर्च समेत प्रदान गरेको क्लवले जनाएको छ । तमु धिं यू.के.का उपाध्यक्ष एवं रामबजार सोसाइटी यू.के.का पूर्व अध्यक्ष सहारा यूके सदस्य जुमकाजी गुरुङ÷कमला गुरुङले सहारा क्लवले स्थापना गरेको अक्षयकोषमा नगद ५० हजार रुपैया आर्थिक सहयोग गरेकाछन्।

त्यसै गरी सहारा एकेडेमीका बालकहरुको खाजा खर्च वापत थप १० हजार रुपैया समेत गुरुङ परिवारले सहयोग गरेको हो । तमु समाज वेल्जियमका संस्थापक अध्यक्ष मिन गुरुङ÷शर्मिला गुरुङबाट सहारा एकेडेमीको अयक्षकोषमा ५० हजार रुपैया आर्थिक सहयोग प्रदान गरेकाछन्। सहारा हङकङका आजिवन सदस्य सनतोष मल्लले उक्त अक्षयकोषमा १० हजार रुपैया सहयोग प्रदान गरेका हुन।

सहारा क्लव यू्.के.का सल्लाहकार हरिकुमार श्रेष्ठ÷सरिता श्रेष्ठले एकेडेमीका बालकहरुको खाजा खर्च वापत १० हजार रुपैया सहयोग गरेकाछन्। उक्त रकम क्लवका अध्यक्ष केशवबहादुर थापालाई एकेडेमीमा शनिबार नै हस्तान्तरण गरिएको हो ।