भोलिदेखि पोखरामा आईटिएफ सर्किट–२ यु–१८ टेनिस

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २६ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-नेपालका १८ जना खेलाडीले आईटिएफ(अन्तराष्ट्रिय टेनिस फेडेरेशन) यु–१८ सर्किट–२ मा प्रतिस्पर्धा गर्दै छन् । महिला तर्फ १३ र पुरुष तर्फ ५ खेलाडीले आज सोमबारदेखि पोखरा रंगशालास्थित टेनिस कोर्टमा शुरु हुने र्याङकिङको लागि प्रतिस्पर्धामा उत्रिनेछन् ।

यु–१८ का नेपाली खेलाडी आर्यन गिरी र महिला तर्फकी शीर्ष बरियताकी अभिलाषा विष्टको सहभागिता छन् । पोखराबाट भने नेहालजंग थापा र श्रेया भट्टराई प्रतिस्पर्धामा छन् । उनीहरुसँगै ८४ जना खेलाडीले विभिन्न इभेण्टमा प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक एवं कास्की जिल्ला टेनिस संघका सल्लाहकार सुर्यबहादुर भुजेलले जानकारी दिए । प्रतियोगितामा नेपाल, भारत, जर्मन अमेरिका, कोरिया, फ्रान्स , जापान, चीन, मलेसिया, केन्या, सिंगापुर, हङकङ लगायतका देशका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।

आईटिफको निर्देशन तथा कास्की जिल्ला टेनिस संघको आयोजना सञ्चालित सर्किट–२ मा प्रतिस्पर्धीले अंकको लागि खेल्ने छन् । ‘जुनियर टेनिसमै खेलाडीले प्राप्त गर्ने अंकबाटै व्यवसायिकतामा फड्को मार्ने छन् । संयोजक भुजेलल आईतबार आयोजित पत्रकार भेटघाटमा सुनाए । उनका अनुसार खेलाडीले अंक प्राप्त गर्ने छन् । प्राप्त अंककै आधारमा ग्राण्डस्लाम खेल्ने अवसर सृजना हुने उनको भनाई थियो ।

फाईनल जित्ने खेलाडीले ३० अंक प्राप्त गर्ने छन् । दोस्रो हुनेले १८ अंक पाउँने छ । सेमिफाईनल पुग्ने खेलाडीको हकमा भने ९ अंक र क्र्वाटरफाईनल प्रवेश गर्ने खेलाडीले ५ अंक पाँउछ । ‘एक खेल जित्ने खेलाडीले भने २ अंक पाउँछ ।’ उनले भने–‘खेलाडी केवल अंक कमाउन खेल्नको लागि आउँछन् ।’

उनका अनुसार यो प्रतियोगिताले नेपाल सरकारले तय गरेको भ्रमण वर्षलाई टेवा पुर्याउने छ । ‘स्पोर्टस टुरिज्मको विकासमा महत्वपूर्ण आयाम हुने छ ।’ उनको भनाई थियो । ‘टेनिसले पोखराको पर्यटन प्रवद्र्धन नयाँ आयाम थपिएको छ ।’ उनले थपे । पोखरामा निर्माण गरिएको टेनिसको पुर्वाधारले नै आईटिएफले वर्षेनी विभिन्न प्रतियोगिता आयोजनाको लागि जिम्मेवारी दिदैंआएको छ । पोखरामा आइटिएफ जुनियरदेखि भेट्रानसम्मको प्रतियोगिता आयोजना भईसकेको छ । प्रतियोगिताको लागि आईटिएफकै प्रतिनिधिले अनुगमन गर्ने छन् ।

एक साता हुने प्रतियोगिताको लागि कास्की जिल्ला टेनिस संघले ६ वटै कोर्ट तयार गरेको छ । संघकै पहलमा पाँच कोर्ट र राष्ट्रिय खेलकुद परिषदको आर्थिक सहयोगमा एउटा क्ले कोर्ट निर्माण गरिएको छ । परिषदकै साढे दुई करोडको बजेटमा क्ले, हार्ड कोर्टसहित आवश्यक चेन्जिङ रुम, फिडव्याक रुम, शौचालय तथा अफिससहितको पुर्वाधार तयार गरिसकिएको छ गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद एवं जिल्ला तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति लगायतले प्रत्यक्ष सहयोगी भूमिका खेल्ने छन् । प्रतियोगितालाई गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री किरण गुरुङले गर्ने छन् । file pic