पोखरामा आईटिएफ सर्किट–२ यु–१८ टेनिस शुरु

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २७ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-नेपाली खेलाडीको मिश्रित नतिजासँगै पोखरामा विश्व बरियता जुनियर यु-१८ टेनिस प्रतियोगिता शुरु भएको छ । महिला तर्फ १३ र पुरुष तर्फ ५ खेलाडीले बरियता प्राप्तको लागि कोर्टमा उत्रिएका छन् ।

सोमबार पहिलो दिनको प्रतिस्पर्धामा नेपालका सम्याक बज्रचार्य जर्मनीका पाउल अर्मिन अलब्रक्टसँग सोझो सेटमा पराजित भएका छन् । उनली ६–३, ६–१ को सेटमा पराजित भएका थिए । नेपालकै र्का खेलाडी प्रसिद्ध मोक्तान भारतीय खेलाडी हिरक भोरासँग ६–०, ६–० को सेटमा पराजित भएका थिए । यसैगरी पुरुष तर्फकै खेलमा सिंगापुरका म्याथ्यु जोनस्टोन भारतीय खेलाडी आदित्यसँग पराजित भएका छन् ।

जापानका सोगो सान्डाले नेपालका अकिजुवेन रावतलाई ६–१, ६–० सेटले पराजित गरेका छन् । भारतीय खेलाडी कृष्ण होडाले जापानीज खेलाडी ताकिमु वातान्वेलाई ६–१, ७–६(४)को सेटमा पराजित गरेका हुन् । जापानीज खेलाडीले साटोरु नाकाजिमाले मलेसियन खेलाडी क्रिष्टियन आन्द्रे सेङसिउलाई ६–१, ६–३ को सेटमा पन्छाएको थिए । भारतीय खेलाडी प्रान्जल तिवारीले सर्वियाका मार्को जेभ्रेमोभिचलाई ५–७, ६–३, ६–३ को सेटमा पराजित गरेका थिए । केन्याली खेलाडी जायसन मागुरोले भारतीय खेलाडी कार्तिक प्रहारलाई ३–६, ६–३, ६–४ को सेटमा पराजित गरेका थिए ।

महिला तर्फको प्रतिस्पर्धामा नेपालकी सर्भानी श्रेष्ठले जापानीज रेना तानाकालाई ६–४, १–० को अवस्थामा रिटायर्ड भएपछि जित निकालिन् । अर्को खेलमा सलोनी तामाङले भारतकी आईलिना झालाई ६–२, ६–० को सेटमा पन्छाईन् । भारतीय खेलाडी गार्गी परवरले नेपालकी निमिशा ढकाललाई ६–१, ६–० को सेटमा पराजित गरिन् । नेपालकी प्रेरणा कोइरालाले भारतकी खुसेला मोदीलाई ६् । –२, ७–५ को सेटमा पराजित गरेकी थिईन

प्रतियोगितामा नेपाल, भारत, जर्मन अमेरिका, कोरिया, फ्रान्स , जापान, चीन, मलेसिया, केन्या, सिंगापुर, हङकङ लगायतका देशका ८४ जना खेलाडीले सिंगल र डबल्स तर्फको प्रतिस्पर्धामा छन् । यु–१८ का नेपाली खेलाडी आर्यन गिरी र महिला तर्फकी शीर्ष बरियताकी अभिलाषा विष्टको सहभागिता छन् । पोखराबाट भने नेहालजंग थापा र श्रेया भट्टराई प्रतिस्पर्धामा छन् ।

फाईनल जित्ने खेलाडीले ३० अंक प्राप्त गर्ने छन् । दोस्रो हुनेले १८ अंक पाउँने छ । सेमिफाईनल पुग्ने खेलाडीको हकमा भने ९ अंक र क्र्वाटरफाईनल प्रवेश गर्ने खेलाडीले ५ अंक पाँउने प्रतियोगिताका संयोजक एवं कास्की जिल्ला टेनिस संघका सल्लाहकार सुर्यबहादुर भुजेलले सुनाए । उनका अनुसार एक खेल जित्ने खेलाडीले भने २ अंक पाउँछन् । प्रतियोगितालाई गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री किरण गुरुङले गरेका थिए ।