सुपर सिक्स क्रिकेट कामना बैंकले हरायो काठमाडौं पोष्टलाई

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ४ गते २०७६ मा प्रकाशित


काठमाडौं(खेलाडी न्युज)-काठमाडौँमा जारि माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा सुबिसु, सिभिल बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एसिया बैंक, कामना सेवा विकास बैंक, नबिल बैंक, नेपाल टेलिकम, सेन्चुरी बैंक र कुमारी बैकले जित हात पारेका छन्।

दिनको पहिलो खेलमा सुबिसुले नबिल बैंकलाई १ रनले पराजित गर्यो। सुबिसुले दिएको ६१ रनको लक्ष्य पछ्याउने क्रममा नबिलले निर्धारित ५ ओभरमा ४ विकेट गुमाएर ५९ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका सुबिसुका दमन चन्दले अन्तिम ओभरमा उत्कृस्ट बलिंग गर्दै टिमलाई जित दिलाए।

दोश्रो खेलमा सिभिल बैंकले प्राइम कमर्सियल बैंकलाई ११ रनले पराजित गर्यो। सिभिलले दिएको ६३ रनको लक्ष्य पछ्याउने क्रममा प्राइमले ५१ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका सिभिल बैंकका रजिभ श्रेष्ठले २५ रन बनाउनुको साथै १ विकेट समेत लिए। दिनको तेश्रो खेलमा माछापुच्छ्रे बैंकले सुर्य नेपाललाई ५ रनले पराजित गर्यो। माछापुच्छ्रेले दिएको ६० रनको लक्ष्य पछ्याउने क्रममा सुर्य नेपालले निर्धारित ५ ओभरमा ५४ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच माछापुच्छ्रे बैंकमा बिबभ राज जोशी चुनिए जसले १८ रन बनाए।

दिनको चौथो खेलमा एनआईसी एसिया बैंकले नेपाल राष्ट्र बैंकलाई ९ रनले पराजित गर्यो। एनआईसी एसियाले दिएको ७३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल राष्ट्र बैंकले ६३ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका माछापुच्छ्रे बैंकका रामनाथ गोस्वामीले ३ विकेट लिनुको साथै १७ रन समेत बनाए।

दिनको पाँचौ खेलमा सिभिल बैकले दोश्रो जित दर्ता गर्ने क्रममा नेपाल लाइफ इन्सुरेन्सलाई ५२ रनले पराजित गर्यो। सिभिल बैंकले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल लाइफ इन्सुरेन्सले ४२ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका सिभिल बैंकका भोलाबहादुर बिस्टले ३१ रन बनाउनुको साथै २ विकेट समेत लिए। दिनको छैठौं खेलमा कामना सेवा विकास बैंकले द काठमाडौँ पोस्टलाई ३७ रनले पराजित गर्यो। कामनाले दिएको १०२ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौँ पोस्टले ६४ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका कामना सेवा विकास बैंकका हेमन्त श्रीवास्तवले ४६ रन बनाउनुको साथै १ विकेट समेत लिए।

दिनको सातौँ खेलमा नबिल बैंकले सुबिसुलाई ५ विकेटले पराजित गर्यो। सुबिसुले दिएको ६३ रनको लक्ष्य नबिलले १ विकेट गुमाएर ४।३ ओभरमा पुरा गर्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका नबिल बैंकका अमित पोखरेलले २९ रन बनाए। दिनको आठौँ खेलमा नेपाल टेलिकमले एनसेल ुबिु लाई १८ रनले पराजित गर्यो। नेपाल टेलिकमले दिएको ६२ रनको लक्ष्य पछ्याउने क्रममा एनसेल ुबिु ले ४३ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका नेपाल टेलिकमका प्रविन नेपालीले २ विकेट लिए।

दिनको नवौं खेलमा सेन्चुरी बैंकले एनआईसी एसिया बैंकलाई ६ विकेटले पराजित गर्यो। एनआईसी एसिया बैंकले दिएको ६३ रनको लक्ष्य सेन्चुरीले विकेट नगुमाई पुरा गर्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका सुरज तिमिल्सिनाले ३३ रन बनाउनुको साथै २ विकेट लिए। दिनको दशौँ तथा अन्तिम खेलमा कुमारी बैंकले द काठमाडौँ पोस्टलाई ५ विकेटले पराजित गर्यो। द काठमाडौँ पोस्टले दिएको ४९ रनको लक्ष्य कुमारीले १ विकेट गुमाएर पुरा गय्रो। खेलको प्लेयर अफ द म्याच चुनिएका सर्भाग्य थापाले २ विकेट लिए। तस्बिर रमन शिवाकोटी